• १२ वैशाख २०८३, शनिवार
  • २० °C काठमाडौं
मानव–हात्तीद्वन्द न्यूनीकरण गर्न हात्ती मेरो साथी

हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३,४ र ५ मा मानव हात्ती द्वन्द न्यूनीकरण गर्न हात्ती मेरो साथी कार्यक्रम संचालन गरिने भएको छ । उज्यालो नेपाल बर्दियाले ग्लोबल नेचरफण्ड जर्मनीको आर्थिक तथा आइयुसिएन नेपालको प्राविधिक सहयोग र मधुवन नगरपालिका, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जका लगायत खाता सामुदायिक वन समन्वय समितिको सहकार्यमा पाँच वटा वडामा अभियान संचालन गर्न लागेको छ ।


हात्ती संरक्षण मानव हात्ती द्वन्द न्यूनीकरण र मानव हात्ती सह–अस्तित्व कायम गर्न, विभिन्न विद्यालय तथा गाउँ बस्तीमा हात्ती सम्बन्धि सचेतना शिक्षा, हात्ती आएको सूचना प्रवाह गर्न गाउँ गाउँमा अर्ली वार्निङ्ग साइरन जडान गरिने उज्यालो नेपालका प्रमुख रमेशकुमार थापाले जानकारी दिनुभयो । स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुहिक अन्न भण्डार निर्माण, कपासमा आधारित उद्यम स्थापना गर्ने र ११ लाख रुपैयाँको हात्ती मेरो साथी अभियान कोष स्थापना गर्ने उहाँको भनाई छ । मानव हात्ती द्वन्द न्यूनीकरणका लागि स्थानीय समुदायको क्षमता अभिबृद्ध्रीगर्दै नेपाल भारत अन्तरसिमा समन्वय र सहकार्य गर्ने अभियानको मुख्य उदेश्य रहेको थापाले बताउनु भएको छ ।


कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार राम, डिभिजन वन कार्यालय बर्दियाका निमित्त वन अधिकृत टंक बहादुर गुरुङ, मधुवन नगरपालिका वडा नं– १ र ४ का वडा अध्यक्ष मीन बहादुर थापा, बलिराम चौधरी वडा नं– ५ का वडा सदस्य रेशम बुढा क्षेत्री, नगर सल्लाहकार विजय वलि, बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहाल लगायत संरक्षणकर्मीहरु सहभागी थिए । हात्ती संरक्षण मानव हात्ती द्वन्द न्यूनीकरण र मानव हात्ती सह–अस्तित्वका लागी हामी सबैको साझा प्रयास हो, यसलाई राजनीतिबाट अलग राखौं भन्ने मूल नारा लिएर अभियान गरिने भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments