उहीलेका शिकारी अहिलेका संरक्षणकर्मी
केशव कोइराला, राजापुर (बर्दिया) । सुन्दा अच्चम लाग्न सक्छ ! तर सत्य हो, जिवीको पार्जनकालागी दशकौं देखी जंगली जनावरको शिकारगर्दै आएका बर्दिया राष्ट्रिय निकुञ्ज मद्यवर्ती क्षेत्र अन्र्तगत बर्दिया जिल्लाको सिमाना सुर्खेतका बासिन्दाहरु यतिवेला आफै जंगली जनावरको संरक्षणमा जुटेका छन् । सशत्र द्वन्दकाल देखीनै जिवीको पार्जनकालागी घरेलु हतियारको प्रयोगगरि जंगली जनावर मारेर सुकुटी बनाउदै स्थानिय बजार, र भारत सम्म पु¥याउने उनीहरु पछिल्लो समय आफै संरक्षणको नेतृत्व गरिरहेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोषले जीविको पार्जनकालागी बैकल्पीक व्यवस्थागर्दै जंगली जनावरको संरक्षण गर्नुपर्छ भन्ने जनचेतनाका कार्यक्रम ल्याएपछी उनिहरु संरक्षणमा जुटेका हुन् । चोरी शिकारी गर्नु दण्डनीय अपराध, बन्य जन्तु हाम्रा गहना हुन् भन्ने चेतनाको बिकास भए सँगै आफुहरु संरक्षणमा जुटेको सुर्खेत बराहताल गाँउपालिका–३, तेलपानीका रण वहादुर बुढा बताउनु हुन्छ । संरक्षणमा सघाए बापत गाउँको विकास हुने र आय आर्जनका कार्यक्रम सञ्चालन हुने आश्वासन पाएपछि लेकगाउँ, नर्सिङकाँडा, हर्रेकाँडा, केलाडी लगायत बस्तीका स्थानियहरुले ६८ थान भरुवा बन्दुक बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाए ।
कृषी पशुपालन र बैदेशीक रोजगारी त्यहाँका स्थानियको दैनिकी हो । गुजाराका लागि भारतका विभिन्न स्थानमा पुगेर मजदुरी गर्छन् । यसपटक दसैं मनाउन गाउँ फर्किएका स्थानियहरु भारतको गढवाल मजदुरी गर्न जाने तयारीमा छन् । आफ्ना बाउ–बाजेले समेत गाउँमा सिकार गर्ने गरेको बताउदै गाउँलेलाई संरक्षण गरेबापत लाभ मिल्छ भन्ने जानकारी नभएको र यहाँका बस्तीलाई निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गर्ने बेला आएका निकुञ्ज कर्मचारीले विकास निर्माण हुने, गाउँमा सडक बन्ने र खानेपानी उपलब्ध हुने आश्वासन दिएकोले आफुहरु संरक्षणमा जुटेको बराहताल–३, लेकगाउँका गंगाराम सुनारले बताउनु भयो ।
जिवीको पार्जनकालागी अहिले चुरे क्षेत्रमा होमस्टे, सुरक्षीत खोर, फलफुलका बिरुवा, न्यून व्याजदरमा ऋण उपलव्ध गराउने लगायतका सहयोग गर्दै स्थानीयहरुलाई संरक्षणमा जुट्न जगाएको राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्वाहाम्फेले बताउनु भयो । चुरेवाट बर्दिया निकुञ्ज संगै तराइका फाटहरु सुर्खेत उपत्यका हिमालहरु सहजै देख्न सकिन्छ । जुन अत्यन्तै पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो । तर वाटो घाटो, खानेपानी, लगायत अन्य पूवाधारको बिकास नहँदा घण्टौ हिडेर ओखती मुलो गर्न कैलाली बर्दिया र सुर्खेत पुग्नुपर्ने स्थानियको पीडादायी अवस्था छ । त्यहाँका स्थानीयहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग नगरी भौतिक बिकासमा राज्यको संयन्त्र जुट्ने हो भने तेलपानी सूनको खानी बन्ने स्थानियको भनाई छ ।
२० °C काठमाडौं
Facebook Comments