• ८ असोज २०८३, बिहिवार
  • १९ °C काठमाडौं
राजापुर नगर पालिकामा हुन सक्ने बाढी जोखिमबारे छलफल

केशव कोईराला, राजापुर (बर्दिया) । राजापुर नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी सम्भावित बाढीको जोखिम र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका उपायबारे छलफल गरिएको छ । नगर प्रमुख तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक दिपेश थारुको अध्यक्षतामा बुधबार  बसेको बैठकमा केन्द्रबाट जारी विपद्सम्बन्धी सूचना तथा राजापुर क्षेत्रमा हुन सक्ने सम्भावित बाढी जोखिमबारे छलफल भएको हो ।

बैठकमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, सतर्कता, सूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा छलफल गरिएको जनाइएको छ । बिपद उद्दार सामग्री तयारी अवस्थामा राख्ने,वडा स्तरिय बिपद ब्यवस्थापन समितिलाइ अलर्ट राख्ने, बिपद क्षेत्रमा कामगर्ने संघ सस्था हरुलाइ पत्राचार गर्ने, जोखिम क्षेत्रमा आउजाउ बाहेक भिडभाड गर्न निषेध गर्ने लगायतका निर्णय गरिएको छ ।

बैठकमा वडा अध्यक्ष हरु, नगरपालिकाका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि बिपद फोकल पर्शन, तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments