सुर्यपटुवा जल उपभोक्ता समितिको अध्यक्षमा अशोकराम थारु विजयी
हरि गुरुङ, २ असोज, मधुवन (बर्दिया) । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर १ र ठाकुर बाबा नगरपालिका वडा नम्बर ९ क्षेत्रमा सिचाइ हुने कुलो अन्र्तगत सुर्यपटुवा जल उपभोक्ता समितिको अध्यक्ष पदमा अशोक राम थारु विजयी हुनुभएको छ । दोस्रो कार्यकालका लागि थारु २० मतले विजयी हुनुभएको छ ।
अध्यक्ष पदका लागी अशोक राम थारु र जगत प्रसाद चौधरी विच भएको चुनाबी प्रतिस्पर्धामा विजयी थारुले ५६ मत प्राप्त गरि विजयी हुँदा प्रतिद्वन्दी थारु ३६ मतमा समेटिएका छन् । सचीव पदका लागि राजेन्द्र कुमार योगिले ५३ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्दी रमेश रिजालले ३७ मत प्राप्त गर्नुभएको बताईएको छ । मतदानमा ३ मत बदर भएको निर्वाचन अधिकृत रुद्र खड्काले जानकारी दिनु भयो ।
मधुवन नगरपालिका–१ सुर्यपटुवा र ठाकुर बाबा नगरपालिका–९ मा करिब १५ सय विगाहा क्षेत्रफलमा सिचाइ हुने गर्दछ ठाकुर नगरपालिका–९ मा ५ गाउँ र मधुवन नगरपालिकामा ६ गरि जम्मा ११ गाउँ रहेका छन । ११ गाउँबाट ९९ जना मतदाता संख्या रहेको छ ।
उपाध्यक्ष पदका लागि सीता चौधरी निर्विरोध चयन हुनुभएको छ भने त्यसैगरी कोषाध्यक्ष नर बहादुर थारु निर्विरोध, सहसचिव मिना थारु निर्विरोध हुनुभएको छ । उपभोक्ता समितिमा ११ गाउँका बडघर पदेन सदस्य रहने ब्यवस्था छ । निर्वाचित समितिको कार्य अवधी ३ बर्ष रहने बताईएको छ ।
२७ °C काठमाडौं
Facebook Comments