बर्दियाको राजापुरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा गिरी आउँदै
केशव कोइराला, २७ भदौ, राजापुर (बर्दिया) । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजापुर नगरपालिका सहित देशका विभिन्न स्थानीय तह र निकायहरूमा व्यापक कर्मचारी हेरफेर गरेको छ । मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका २६ जना उपसचिव तथा सोसरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
यस निर्णयसँगै बर्दियाको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशराज बुढाको सरुवा भएको छ । उहाँलाई ललितपुरस्थित राष्ट्रिय किताबखानामा पठाइएको छ । बुढाको सरुवा भएसँगै राजापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मानबहादुर गिरीले सम्हाल्ने हुनु भएको छ । गिरी यसअघि बाँकेको कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । राजापुरमा रहदा बुढाले गरेको कार्यसम्पादनको कर्मचारी एवं समग्र कार्यको उच्च मुल्यांकन गर्दै आगामी कार्यकालको समेत राजापुर क्षेत्रले शुभकामना व्यक्त गर्दै नयाँ अधिकृतको सफल कार्यकालको अपेक्षा गरिएको छ ।
२६ उपसचिवको जिम्मेवारी हेरफेरमन्त्रालयले प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ । सरुवा तथा कामकाजमा खटाइएका २६ कर्मचारीहरूमध्ये १६ जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । यसबाहेक विभिन्न मन्त्रालय, राष्ट्रिय आयोग, विभाग, जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव, एक जना निर्देशक र जिल्ला समन्वय अधिकारीहरूको समेत सरुवा गरिएको मन्त्रालयको भदौ २६ को निर्णयमा उल्लेख छ ।
२४ °C काठमाडौं
Facebook Comments