• २३ जेठ २०८३, शनिवार
  • २२ °C काठमाडौं
विश्व वातावरण दिवस : नेपाल राष्ट्रिय मावि मधुवनमा बृक्षारोपण 

हरी गुरुङ, २२ जेठ, मधुवन -बर्दिया) । विश्व बातावरण दिवसको अवसरमा बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय धनौरामा विभिन्न जातका बोट विरुवाहरु रोपण गरिएको छ । समृद्ध भविष्यको आधार जलवायु एबं प्रकृतिमैत्री विकास भन्ने मूल नारासहित यसबर्ष ५४ औं विश्व वातावरण दिवस मनाईएको छ । 

यसले हाम्रो भविष्य, हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ भन्ने सन्देश दिन्छ । प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु संकटको समाधानको स्रोतका रूपमा प्रस्तुत गरिएको छ । वन, नदी, हिमाल र जैविक विविधताबाट प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन र भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न नारा मार्फत आब्हान गरिएको छ । 

१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनले वातावरण संरक्षणका लागि विश्वव्यापी राजनीतिक तथा सामाजिक जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसैअनुरूप सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्व वातावरण दिवसलाई पहिलो पटक अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था

जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्न फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकाले नेपालमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लागू गरिएको छ । साथै नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत स्वच्छ वातावरणसम्बन्धी हकको व्यवस्था गरिएको छ ।

विश्व वातावरण दिवसको प्रमुख अतिथीका रुपमा मधुवन नगरपालिकाका कार्य पालिका सदस्य राधा पौडेल विशिष्ट अतिथि डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदी अतिथीका रुपमा वरिष्ठ वन अधिकृत शिव कुमार के. सी. खाता सब डिभिजन वन कार्यालय सानोश्री का रेन्जर महेन्द्र बुधापृथी, खाता समन्वय समितिका अध्यक्ष लगायत कार्यसमिति परिवार तथा विद्यालय परिवार उपस्थिति रहेको थियो । 

डिभिजन वन कार्यालय बर्दियाको सहयोग तथा खाता सामुदायिक वन समन्वय समिति मधुवन –३ बर्दिया, ग्लोबल आई एम ई बैंक गुलरिया शाखा बर्दिया र माया नर्सरी मधुवन –४ को सहकार्यमा गरिएको कार्यक्रममा नेरामावि धनौराका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले स्वागत मन्तब्य गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समिती अध्यक्ष मस्त बहादुर के. सी. को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments