बर्दियाको राजापुरमा रुखले च्यापिएर एकको मृत्यु
केशव कोइराला, २ जेठ, बर्दिया । बर्दियाको राजापुरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नम्बर २ सोहरिया निवासी ४५ बर्षिय का जगविर थारुको मृत्यु भएको छ ।
राजापुर नगरपालिका–२ स्थित बदालपुर कुलो सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रुख काट्ने क्रममा अचानक रुखले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा शव उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ ।
२४ °C काठमाडौं
Facebook Comments