हाजिरी जवाफ प्रतियोगितामा सनराईज स्कूल प्रथम
दलबहादुर सुनार, बर्दिया । प्याब्सन बर्दियाले आयोजना गरेको जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगतामा सनराईज बोर्डिग स्कुल गुलरिया प्रथम भएको छ । निजी तथा आवासीय बिद्यालय संगठन प्याब्सन बर्दियाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगितामा ६ वटा बिद्यालयलाई पछिपार्दै सनराइज बोर्डिङ स्कुल प्रथम भएको हो ।
प्याब्सन बर्दियाका अध्यक्ष घनश्याम शर्माको सभापतित्वमा बढैयाताताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा २० अंक प्राप्त गरि सनराइज स्कुल गुलरिया प्रथम भएको थियो । १८ अंकका साथ शुभकामना एकेडेमी बढैयाताल ८ द्धितिय र १६ अंक प्राप्त गरि कर्णाली इङलिस बोर्डिङ स्कुल ठाकुरबावा १ भुरिगाउँ तृतीय भएका हुन् ।
प्रथम, द्धितिय र तृतिय हुने सहभागि बिद्यालयलाई क्रमश ६ हजार, ४ हजार ५ सय र ३ हजार नगदसहित प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिएको शुभकामना एकेडेमीका भाइस प्रिन्सिपल सुमन पौडेलले जानकारी दिनु भयो । प्याब्सन बर्दियामा आबद्ध शुभकामना एकेडेमी बढैयाताल, सनराइज सकुल गुलरिया, रिनाइसान्स सेकेण्डरी बोर्डिङ स्कुल राजापुर, जि.जि.एन. इङलिस बोर्डिङ स्कुल मधुवन, पैट्रियट इङलिस मिडियम स्कुल बारबर्दिया, बाल ज्योति एकेडेमी बाँसगढी र कर्णाली इङलिस बोर्डिङ स्कुल ठाकुरबाबा गरि ७ वटा निजि बिद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
श्ुाभकामना एकेडेमीको समन्वय र ब्यबस्थापनमा सम्पन्न भएको प्रतियोगिमा प्याब्सन बर्दियाका फोकल पर्शन नगेन्द्र भडारीले स्वागत भनाई राख्दै यस्ता कार्यक्रमले बिद्यार्थी भित्र लुकेर रहेको क्षमता देखाउने मौका मिल्ने भएकोले यस्ता कार्यक्रमको निरन्तरता हुनु पर्नेमा जोड दिनु भयो । बिबिध सास्कृतिक कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेल, शिक्षा शाखा बढैयातालका प्रतिनिधि बिमला गुरुङ प्याब्सन बर्दिया पदाधिकारी तथा सदस्य, सहभागि बिद्यालयका प्रिन्सिपल, बिद्यार्थी लगाएको सहभागिता रहेको प्रतियोगिताको सञ्चालन शुभकामना एकेडेमीका प्रिन्सिपल सञ्जय श्रेष्ठले गर्नु भएको थियो ।
२७ °C काठमाडौं
Facebook Comments