• १० साउन २०८३, आइतवार
  • २१ °C काठमाडौं
अनलाइन र्दुब्यवहारसँगै यौन तथा प्रजनन अधिकार बारे सचेतना

मुरली गोडिया, पुष १३, गुलरिया (बर्दिया) । माइती नेपाल बर्दियाले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न र्दुब्यवहार तथा स्वास्थ्य अधिकार बारे सचेत पारेको छ । बढैयाताल गाँउपालिका वडा नम्बर २ मा रहेको श्रीसरस्वती माध्यमिक बिधालयका कक्षा ११ र १२ मा अध्ययनरत  बिद्यार्थीहरुलाई सचेत पारेको हो । 

पछिल्लो समयमा अनलाईनका माध्यम बाट विभिन्न अपराधिक क्रियाकलाप, ठगी तथा र्दुब्यवहार भइ रहेकोले अनलाइन यौन दुव्र्यवहार बिरुद्ध बाल संरक्षक एवं यौन तथा प्रजनन स्वास्थ अधिकार र आघात सम्बन्धमा विद्यार्थीहरुलाई सचेत पारिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जानकारी गराउनु भयो । कार्यक्रममा विद्यालयका प्राधानाध्यापक, विद्यार्थी सहित ५२ जना सहभागी थिए । 

माइती नेपाल बर्दियाले जल्दोबल्दो विषयमा गरेको सचेतनाले समाजमा सकारात्मक भुमिका खेल्ने छात्रा मनिसा गीरीले प्रतिक्रिया दिनु भयो । यस्तै अर्का छात्र मनिस यादबले आफुले जानेका कुराहरु साथीभाइ तथा घर परिवारमा बताउने बताउनु भयो । कार्यक्रम माइती नेपाल बर्दियाको आयोजनामा गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments