• २ पुष २०८२, बुधवार
  • १८ °C काठमाडौं
शान्ति पुर्नस्थापना गृहको सामाजिक लेखा परिक्षण 

विष्णु अधिकारी, २३ कार्तिक, बर्दिया । मानव बेचविखन जस्तो मानवता बिरोधी अपराधको अन्त्यका लागि शान्ति पुर्नस्थापना गृहले बर्दियामा शाखा कार्यालय स्थापना भएदेखि नै विभिन्न क्रियाकलापहरु संचालनगर्दै आइरहेको छ । संस्थाले बर्ष भरी गरेको कार्य एवम् आर्थिक बिबरणको सामाजिक लेखा परिक्षण गरेको छ ।

आर्थिक बर्ष ०८१/०८२ मा शान्ति पुर्नस्थापना गृहले दातृ निकायबाट ५५ लाख ४७ हजार ३ सय ६४ रुपैया कार्यालय संचालन तथा कार्यक्रममा खर्च गरिएको कार्यक्रम संयोजक सपना शर्माले बताउनु भयो । त्यस्तै स्थानिय निकाय लुम्बिनी प्रदेश सरकार तथा गुलरिया नगरपालिकाबाट प्राप्त १५ लाख २३ हजार ९ सय ३३ रुपैया मनोपरामर्श तालिम, बोर्डर र विद्यालयमा लागु औषध र मानव बेचविखन विरुद्ध विभिन्न सचेतीकरण कार्यक्रम गरिएको छ । बर्दिया जिल्ला खुल्ला सिमाना भएका कारण सिमाको ४ स्थानमा मानव बेचविखन न्यूनिकरण गर्नका लागि सूचना तथा परामर्श केन्द्र राखि परामर्श दिइरहेको उहाँले कार्यक्रममा बताउनु भयो । 

मानव बेचविखन क्रियाकलापलाई निरुतसाहित गर्न शान्ति पुर्नस्थापना गृहले समय समयमा प्रहरी सँग सहकार्य गरेर सिमा निगरानीलाई शसक्त रुपमा अगाडी बढाईरहेको छ । मानव बेचविखनमा परेका महिला तथा बालबालिकाहरुलाई परिवार तथा समुदायमा फर्काउन लैजाँदा परिवारका सदस्यले सहज रुपमा स्विकार नगर्दा अल्पकालिन र दिर्घकालिन समस्या पर्ने गरेको संयोजक शर्मा बताउनु हुन्छ । कार्यक्रममा शान्ति पुनस्र्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले आफुहरु केवल उद्धारमा मात्र सिमित नरहेर समाजको सोच परिवर्तनको गर्ने दिशा तर्फ अगाडी बढिरहेको बताउनु भयो । 

बालबालिका, महिला र कमजोर समुदायहरुका लागि हरेक सिमामा सुरक्षा, हरेक घरमा सम्मान, हरेक ब्यक्तिले आफ्नो भविष्य आफै निर्माण गर्न सक्ने शक्ति प्राप्तिको अभियानमा संस्था रहेको उहाँको भनाई छ । महिला तथा बालबालिकालाई सिमा पार गराउन आफ्नै अभिभावक प्रयोग भैदिदा जटिलता थपिँदै गएको संस्थाको अनुभव रहेको छ । शान्ति पुर्नस्थापना केन्द्र बर्दियाले गत आर्थिक बर्षमा बर्दिया जिल्लाबाट ४३ जना महिलाको उद्धार गरेको थियो । 

कार्यक्रममा नागरिक समाजकी हेमा सुनार, बार एशोसिएशन बर्दियाका अध्यक्ष खडानन्द तिवारी, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल, सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणका प्रहरी उपरिक्षक मान बहादुर शाही, गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतम, जिल्ला समन्वय उपसभापति अनिता यादव लगाएतले मानव बेचविखनका विरुद्ध शान्ति पुनस्र्थापना गृहमार्फत सरकारले लिएको लक्ष्य पुरा गर्न खेलेको भुमिकाको प्रशंसा गर्नु भयो ।  

सम्बन्धित समाचार

Facebook Comments