• २ पुष २०८२, बुधवार
  • १९ °C काठमाडौं
राजापुरमा श्याम जन्मजयन्ती भव्य रूपमा मनाईंदै

केशव कोईराला, १५ कार्तिक, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा श्याम जन्मजयन्ती भब्य रुपमा मनाईने भएको छ । श्याम मित्र मण्डल राजापुर, बर्दियाको आयोजनामा श्याम जन्मजयन्ती भव्य मनाउने तयारी गरिएको छ । 

मण्डलका सदस्य अभिषेक मित्तलका अनुसार शनिबार बेलुकी राजापुरस्थित रामजानकी मन्दिर परिसरमा विशेष कार्यक्रमको आयोजना गरिने बताईएको छ । कार्यक्रममा धार्मिक गीत, भजन–कीर्तन, आरती तथा प्रसाद वितरण जस्ता विविध आध्यात्मिक क्रियाकलाप समावेश गरिने उहाँले जानकारी दिनुभएको छ । 

जन्मजयन्ती कार्यक्रमले समाजमा धार्मिक एकता, सद्भाव र भक्ति भावनाको सन्देश फैलाउने उद्देश्य राखिएको मण्डलले जनाएको छ । मित्तलले हिन्दु सनातनी समुदायका सबै श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धर्म, संस्कृति र भक्ति परम्पराको संवद्र्धनमा योगदान दिन हार्दिक आग्रह गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments