• ६ असोज २०८३, मङ्गलवार
  • २१ °C काठमाडौं
राजापुर वडा नम्बर १ को कार्यालय भवन समुद्घाटन

केशव कोईराला, २७ असोज, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर १ कार्यालयको नयाँ भवन सोमबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ । नगरप्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो । 
कार्यक्रममा विशेष अतिथिको रूपमा नगर उपप्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा सदस्यहरू, कर्मचारी तथा स्थानीयको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बाबुराम चौधरीले गर्नुभएको थियो । उहाँले वडा कार्यालय भवन निर्माणले स्थानीय सेवाप्रवाहलाई थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख दिपेश थारुले भवनको प्रयोग जनसेवामा पारदर्शिता र कार्यक्षमता बढाउन प्रयोग गर्न आग्रह गर्नुभयो । उपप्रमुख मनकला कुमारी चौधरीले स्थानीय विकासमा जनताको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । समारोहमा उपस्थित अतिथिहरूले नयाँ भवनले वडावासीका लागि सेवा प्राप्त गर्न सहज हुने भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रम औपचारिकता, मन्तव्य र धन्यवाद ज्ञापनगर्दै सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments