• ६ असोज २०८३, मङ्गलवार
  • २१ °C काठमाडौं
मधुवन प्रमुख भाट र प्रशिक्षार्थी पत्रकार बिच समसामयिक छलफल 

सुस्मिता श्रेष्ठ, २७ असोज, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले मधुवनका प्रशिक्षार्थी पत्रकारहरु संग शनिवार भेटघाट गरी जेनजी अन्दोलन, प्रभाव, तथा अन्य समसमायिक विषयमा छलफल गर्नुभएको छ । मधुवन नगरपालिकाको सहयोग तथा माउन्टेन अनलाईन प्रालिले गत आर्थिक बर्षमा ७ दिने पत्रकारीता तालिम संचालन गरेको थियो । 

तालिममा सहभागी भएका पत्रकारहरुलाई नगरप्रमुख भाटले बोलाई छलफल गर्नु भएको हो । छलफलमा पत्रकारिता सिकी रहेका ८ जना युवाहरूले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण नेपालमा भएको क्षतिका बारेमा बृहत छलफल गरेका थिए । भेटघाट तथा छलफल कार्यक्रममा मधुबन वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरप्रवक्ता मेक बहादुर गुरुङ, मधुबन वडा नं ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा अन्नपुर्ण पोष्ट दैनिकका पत्रकार यादव आचार्य, नेपाल पत्रकार महासंघ बर्दिया कार्यसमितिका सदस्य मुरली गोडिया, युवा नेता कमल रेग्मी लगायतको सहभागीता थियो । 

छलफलमा मधुबन नगरपालिकाका मेयर भाटले अन्दोलनका क्रममा थुप्रै कैदीहरू जेलबाट भागेको, सिंहदरबार, सर्बोच्च अदालत जलेको, विभिन्न सार्वजनिक सम्पत्ति जलेको, सरकारी भवनहरु जलेको, विभिन्न ठाउँका नगरपालिकाहरु जलेको तथापी कार्यालयमा काम गर्ने कर्मचारीहरू बाहिर पाल टाँगेर काम गरेको अवस्था बारे नगरप्रमुख भाटले चिन्ता ब्यक्त गर्नुभयो । देश विषम परिस्थितीमा रहेकोले सवै पत्रकारहरुलाई एकजुट हुन आग्रह गर्नु भयो । पत्रकारितालाई अझ अगाडी बढाउनको लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने उहाँको प्रतिवद्धता थियो ।

सम्बन्धित समाचार

Facebook Comments