• ६ असोज २०८३, मङ्गलवार
  • २० °C काठमाडौं
एसईईमा उत्कृष्ट विद्यार्थी एवम् शिक्षकलाई बधाईसँगै सम्मान  

केशव कोईराला, २६ असोज, (राजापुर) बर्दिया । भेरी माध्यमिक विद्यालय, ललितापुर बर्दियाले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षकलाई बधाईसँगै सम्मान गरेको छ । विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायजनको सहभागीता थियो ।

विद्यालयका प्रधानाध्यापक शिव प्रसाद कोइरालाले एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै आगामी अध्ययनमा अझ उत्कृष्ट सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो । विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक लक्ष्मण चौलागाईंलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरिएकोछ ।

कार्यक्रमले विद्यालयमा उत्कृष्टता प्रवद्र्धन र विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुङ्गाना पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूले सहभागि थिए ।

सम्बन्धित समाचार

Facebook Comments