बगलामुखी मंदिर ब्यवस्थापन समितिको साधारण सभा हुने
गुलरिया । बगलामुखी मंदिर ब्यवस्थापन समिति गुलरिया बर्दियाले साधारण सभा तथा अधिवेशन गर्ने भएको छ । समितिको कार्यसमितिको बैठकले निर्णयगर्दै साधारण सभाको मिति तोकेको हो ।
मंसिर २३ गते बसेको कार्यसमितिले पुष १४ गते बगलामुखी मंदिर ब्यवस्थापन समितिको साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको समितिका कार्यवाहक अध्यक्ष वासुदेव शर्माले जानकारी दिनुभयो । बगलामुखी मंदिर प्रांगणमा विहान ११ बजेदेखि सभा शुरु हुने उहाँको भनाई छ ।
साधारण सभामा समितिका सम्पूर्ण आजीवन सदस्यहरुलाई उपस्थिती हुन उहाँले आग्रह गर्नु भएको छ । हामीले सम्पूर्ण सदस्यहरुका लागि सूचना पत्राचार गरीसकेका छौं । दैनिक पत्रिकामा पनि सूचना सार्वजनिक गरी सभा हुने मितिमा उहाँहरुलाई सहभागी हुन हामीले अनुरोध गरेका छौं उहाँले भन्नुभयो ।
२७ °C काठमाडौं
Facebook Comments