बाँसगढीमा बालविवाह बिरुद्ध धार्मिक गुरुहरुलाई चेतना
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वी ग्रुप) को साझेदारी तथा बाँसगढी नगरपालिकाको समन्वयमा बाल विवाह, छिटो विवाह र जवरजस्ती हुने विवाह परियोजना अन्र्तगत बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक एकदिने अन्तरक्रियामा प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बालवालिकाको उमेर समुह, बाल अधिकार, बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरूबाट बालविवाह निवारणमा उनिहरूको भूमिका बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाईएको छ ।
बाँसगढी नगरपालिका महिला बालवालिका शाखा प्रमुख एशोदा थापा र समृद्धी स्वास्थ्य केन्द्र कोहलपुरका सहजकर्ता अनिता विष्टले कार्यक्रमको सहजीकरण गर्नुभयो । बाँसगढी नगर स्तरिय अन्तर धार्मिक संजालका अध्यक्ष घनश्याम पछंलडग्याको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, स्वास्थ्य शाखा प्रमुख महेश थारु तथा बाँसगढी नगरपालिका भित्रका मौलाना, ज्योतिष, पंडित, बरघर, गुर्वा, मास्टर लागायतको सहभागिता थियो ।
२७ °C काठमाडौं
Facebook Comments