• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
बाँसगढीमा आयोजित विज्ञान सामाग्री प्रर्दशनीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय उत्कृष्ट

विन्दु चौधरी, १३ असार, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिकामा आयोजित विज्ञान सामग्री प्रदर्शनीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीले प्रथम स्थान हाँसिल गरेको छ । “सृजनशील सोच, बैज्ञानिक दृष्टिकोण, भोलिको भविष्य” भन्ने नारासहित बाँसगढी नगरपालिकामा पहिलोपटक आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीले प्रथम स्थान हासिल गरेको हो ।

प्रथम स्थान हासिल गर्ने नेरामावि बाँसगढीले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थानमा नेरामावि लक्षमणपुरले १५ हजार, तेस्रो स्थानमा त्रिभुवन मावि ककौराले १० हजार, र सान्त्वना पुरस्कारस्वरूप पूर्ण हिरा मावि लक्ष्मणाले ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । बाँसगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीको व्यवस्थापनमा सम्पन्न प्रदर्शनीमा नगरभित्रका २० वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । 

विद्यार्थीहरूले पानीजहाज, हाइड्रोलिक मेसिन, हाइड्रोपावर मोडल, स्मार्ट सिटी, सोलार सिस्टम, कृतिम तड्का, रोबोट हात लगायतका विभिन्न वैज्ञानिक नमूनाहरू प्रस्तुत गरेका थिए । प्रदर्शनीको उद्घाटन बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले गर्नुभएको थियो । उहाँले विज्ञान, प्रविधि र नवप्रवर्तनमा विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले भविष्यका वैज्ञानिक उत्पादन गर्न मद्दत पु¥याउने बताउनुभयो । 

आगामी दिनमा यस्ता कार्यक्रमका लागि थप बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । “बाँसगढीका विद्यालयहरूमा लुकेका प्रतिभा उजागर गर्ने र व्यवहारिक शिक्षालाई प्राथमिकता दिने बाँसगढी नगरपालिकाको अभियानलाई विज्ञान प्रदर्शनीले थप बल दिएको नगर प्रमुख खड्काले भन्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम केसीको अध्यक्षता, उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments