• ११ असार २०८३, बिहिवार
  • २७ °C काठमाडौं
मधुवनमा अपाङगता परिचय पत्र वितरण  

दल बहादुर सुनार, बर्दिया । मधुवन नगरपालिकामा अपाङगता परिचय बितरण गरिएको छ । अपाङगता परिचय पत्र बितरण समन्वय समितिका संयोजक एवम् मधुवन नगर पालिकाकी उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा बसेको बैठकको निर्णयले २० जनालाई विभिन्न बर्गको परिचय पत्र बितरण गरिएको हो ।


महिला शाखा मधुवनले दिएको जानकारी अनुसार क बर्गको ४ जना, ख बर्गको १५ जना र ग बर्गको  १ जना गरि जम्मा २०. जनालाई  अपाङगता परिचय पत्र बितरण गरिएको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । मधुवन नगर पालिकाले अपाङगता परिचय पत्र बितरण सम्बन्धि  ऐन २०७५ लागु भएदेखि २०८० मंसिर २८ गते  सम्म जम्मा ७ सय ६८ जनालाई अपाङगता परिचय पत्र वितरण गरेको शाखाकी कर्मचारी शोभा शर्माले जानकारी दिनुभयो । 


परिचय पत्र बितरण सम्बन्धी कार्यबिधी २०७५ अनुसार हाल सम्म क बर्गका १ सय ४२ जना, ख बर्गका ४ सय ३० .जना ग बर्गका १ सय ३८ जना र घ बर्गका ४८ जनालाई परिचय पत्र बितरण   गरिएको महिला शाखाकी प्रमुख ईन्द्रा चुनाराले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments