बढैयातालमा जारी यू–१८ फुटवल खेलमा ज्ञानज्योति र शुभकामना विजयी
दलबहादुर सुनार, ७ माघ, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपलिकामा जारी दोश्रो यू–१८ फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा ज्ञानज्योति माध्यमिक विद्यालय र शुभकामना एकेडेमी विजयी भएका छन् । ज्ञानज्योतिले बर्दिया एकेडेमीलाई र शुभकामनाले मयुर नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई पराजीत गरेको छ ।
माघ ४ गते उद्घाटन भएको फुटवल प्रतियोगिताको आइतवार भएको तेस्रो दिनको पहिलो खेलमा ज्ञानज्योतिले बर्दिया एकेडेमीलाई ट्राई बेकरमा २ को बिरुद्ध ४ गोल र दोश्रो खेलमा शुभकामना एकेडेमीले मयुर आबिलाई शुन्यको बिरुद्ध २ गोल अन्तरले पराजीत गरेको आयोजकले जनाएको छ ।
दोश्रो दिन शनिबार भएको पहिलो खेलमा दिपज्योति माबि डाँफेले जनप्रिय माबि फुटाहलाई र दोश्रो खेलमा बिद्याज्योति माबि कण्ठपुरले शारदा माबि मैनापोखर लाई पराजित गरेको थियो । मयुर युवा क्लबको खेल मैदानमा जारी फुटवल प्रतियोगिताको सेमी फाइनल खेल सोमबार ज्ञााज्योति माबि र दिपज्योति माबि बिच पहिलो र बिद्याज्योति माबि कण्ठपुर र जयकालिका माबि मुनालबस्ती बिच दोस्रो खेल हुने जनाईएको छ ।
२० °C काठमाडौं
Facebook Comments