• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बढैयातालमा विद्यालय स्तरिय दोस्रो यु–१८ फूटवल प्रतिस्पर्धा हुने

दलबहादुर सुनार, १ माघ बढैयाताल (बर्दिया) । माघ ४ गते उद्घाटन हुने बिद्यालय स्तरीय यू–१८ फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बढैयाताल बिद्यालय स्तरीय मयुर कप फुटबल प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । 

यूवाहरुको मानसिक तथा शारीरिक बिकासमा योगदान पुर्याउँदै युवाहरुलाई सिर्जनशील कार्यतर्फ प्रोत्साहित गर्न र नयाँ प्रतिभावान खेलाडीको खोजी गर्ने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । ८ नं वडा कार्यालय स्याउलीबजारमा सोमबार भएको पत्रकार सम्मेलनमा बढैयाताल गाउँपालिका ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेलले फुटवल खेललाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताउदै सबैको साथ र सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।  

प्रतियोगितालाई सभ्य, भब्य र मर्यादित रुपमा सम्पन्न गर्नका लागि प्रतियोगितामा भाग लिने बिद्यालयका खेलाडीले पालना गर्नुपर्ने आचार संहिताको बारेमा र प्रतियोगिता प्रथम, द्धितिय हुने र बिधागत रुपमा उत्कृष्ठ हुने खेलाडीले पाउने पुरस्कारका बारेमा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मयुर यूवा क्लबका अध्यक्ष इश्वर रानाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका ग्रासरुट प्रशिक्षक रामजित थारुले पौष ४ गते देखि माघ १० गते सम्म मयुर यूवा क्लबको खेल मैदान बढैयाताल ८ स्थित नयाँबस्तीमा सञ्चालन हुने खेल तालिका सहित जानकारी गराउनु भएको छ ।

युवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल नाराका साथ मयुर युवा क्लबको आयोजनामा तथा बर्दिया जिल्ला फुटबल संघ र यूवा नेतृत्व उप समितिको सहकार्यमा हुने प्रतियोगिताको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद विकास समिति अध्यक्ष अजितराज भण्डारी, कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ, प्रतियोगितामा सहभागि हुने बिद्यालयका शिक्षक लगाएत खेल प्रेमिहरुको सहभागिता रहेको आयोजक क्लबका सदस्य शम्शेर मल्लले जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments