तेस्रो गुलरिया मेयरकप बुद्धिचाल प्रतियोगिता समापन
मुरली गोडिया, १४ पुष, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा संचालित तेस्रो मेयर कप बुद्धिचाल प्रतियोगिता सकिएको छ । खेल र स्वास्थ्यमा हाम्रो सवाल, बुद्धि विकासका लागी बुद्धिचाल भन्ने नारा सहित खेल जगतमा थप पहिचान बनाउने उद्धेश्यले संचालन भएको प्रतियोगीता शनिबार समापन भएको हो ।
बर्दिया जिल्ला बुद्धिचाल संघ गुलरियाको आयोजना तथा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार प्रतियोगिता शुरु गरिएको थियो । प्रतियोगीताको खुलातर्फ प्रथम खिम बहादुर पुन, द्वितीय जगत बहादुर थापा र जय वहादुर सुनार तृतिय हुनु भएकोछ । जुनियर बी ग्रुप तर्फ प्रथम महेन्द्र चौधरी, द्वितीय माधव बहादुर थापा, तृतिय गोविन्द पौडेल, चौथो तार्किक चौधरी र हार्दिक पाण्डे पाँचौ हुनु भएको छ । यस्तै विद्यार्थी (छात्र) तर्फ प्रथम दिनेश पुन मगर, द्वितीय प्रतिक थारु, तृतिय हिमराज थापा तथा विद्यार्थी छात्रा तर्फ प्रथम ईशा गिरी, द्वितिय रेखा राना मगर र भावना रोका तृतिय हुनु भएको छ ।
स्थानिय तर्फ प्रथम पुष्पलाल शर्मा विजयी भएको जिल्ला बुद्धिचाल संघ बर्दियाका सचिव सागर चापागाईले जानकारी गराउनु भयो । प्रतियोगीताको विभिन्न स्थान हासिल गर्न सफल खेलाडीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो । समापन कार्यक्रम संघका उपाध्यक्ष पुष्पलाल शर्माको सभाध्यक्षता एवं गुलरिया नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहको प्रमुख आथित्यता तथा नेपाल बुद्धिचाल संघ लुम्विनी प्रदेशका सचिव ईश्वर कुमार श्रेष्ठ लगायत अतिथीहरुकको उपस्थितीमा समापन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहले विजयी खेलाडीहरुलाई शुभकामना दिंदै विभिन्न खेलहरुको महत्व तथा आवश्यकताहरु दैनिक रुपमा बढ्दै गइरहेकोले नगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनु भएको छ । खेल जगतले देश विदेशमा समेत पहिचान बनाउन सकिने भन्दै शाहले अगामी दिनमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रमको संचालन संघका सचिव चापागाईले गर्नु भएको थियो ।
२० °C काठमाडौं
Facebook Comments