• १८ वैशाख २०८३, शुक्रवार
  • १८ °C काठमाडौं
बर्दियाको गुलरियामा तेस्रो मेयरकप बुद्धिचाल प्रतियोगिता शुरु

मुरली गोडिया, १२ पुष, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा तेस्रो मेयर कप बुद्धिचाल खेल प्रतियोगिता शुरु भएको छ । खेल र स्वास्थ्यमा हाम्रो सवाल, बुद्धि विकासका लागी बुद्धिचाल भन्ने नारा सहित खेल जगतमा थप पहिचान बनाउने उद्धेश्यले प्रतियोगीताको शुरुवात भएको छ । 

बर्दिया जिल्ला बुद्धिचाल संघ गुलरियाको आयोजना तथा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार शुरु गरिएको प्रतियोगीता शनिबार सम्म हुने बताईएको छ । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहको प्रमुख आतिथ्यतामा भएको उद्घाटन शत्रको कार्यक्रममा बुद्धिचाल प्रतियोगीताका सहभागी, खेलप्रेमीसहित गुलरिया नगरपालिका वडा नम्बर ५ र ६ नम्बरका वडा अध्यक्ष सहितको उपस्थितीमा कार्यक्रम भएको हो ।   

तेस्रो मेयर कप बुद्धिचाल खेल प्रतियोगिताको सम्पुर्ण जानकारी ईश्वर श्रेष्ठले गराउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहले विभिन्न खेलहरुको महत्व तथा आवश्यकताहरु दैनिक रुपमा बढ्दै गइरहेकोले नगरपालिकाले आवश्यकता अनुसार सहयोगगर्दै आएको बताउनु भयो । खेल जगतले देशविदेशमा समेत पहिचान बनाउन सकिने भन्दै शाहले अगामी दिनमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रतियोगीताको शुभकामना दिंदै गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बुद्धिचाल खेल एक रणनीति निर्माण संग सम्बन्धित खेल भएकोले वडाबाट आवश्यक सहयोग गर्ने बताउनु भयो । 
खेल देशकै गहना भएकोले सबैले यसलाइ प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोडछ । शुभकामना मन्तब्य राख्दै गुलरिया नगरपालिका कार्यालयका नगर प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष सुधान्शु प्रकाश शर्माले बुद्धिचाल खेलले सवैलाई मानसिक रुपमा थप सकारात्मकता तर्फ लग्ने भएकाले युवाहरुलाई जिम्मेवार बनाउन सकिने तर्क गर्नुभयो । बुद्धिचाल खेलको इतिहास बारे प्रष्टपार्दै उहाँले यो खेल रणनीति तयार गर्न तथा अन्य कार्य गर्न सहजता पुर्याउन सफल रहेको जानकारी गराउनु भयो । खेल बाट समस्याको समाधान गर्न समेत सिकाउने बताउदै उँहाले मानसिक बिकासले समाजका विभिन्न कुरुतिहरुलाइ समाधान गर्न समेत सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । 

खेलबाट हार र जित दुबैलाई सहजताका साथ स्वीकार गर्न सिकाउने समेत भन्नुभयो । कार्यक्रमका सभाध्यक्ष पुष्पलाल शर्माले बुद्धिचाल खेलको महत्व तथा औचित्य बारे बुझाउन आवश्यक रहेको बताउनु भयो । बुद्धिचाल खेलमा सहभागी खेलाडीको बुद्धिविकासले समाजमा थप विकास गर्न सकिने बताउनु भयो । बुद्धिचाल खेलको बृद्धि विकास तथा प्रचार प्रसारमा सरकार गम्भिर नभएको उहाँको भनाई छ । खेलामा खासै बढी लगानी आवश्यकता नपर्ने उल्लेखगर्दै शर्माले बुद्धिचाल खेलप्रति स्थानिय सरकार लगायत सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्नुभयो । अहिले सम्म जिल्लामा भएका विभिन्न प्रतियोगीता एवं अभ्यास खेलहरुमा सहयोग गर्ने स्थानिय सरकार, वडा अध्यक्ष लगायतलाई वहाँले धन्यवाद समेत दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments