• १८ वैशाख २०८३, शुक्रवार
  • १८ °C काठमाडौं
बाँसगढीमा सम्पन्न सातौं राष्ट्रपति रनिङशिल्ड नेपाल राष्ट्रिय मावि लक्ष्मणपुरले उचाल्यो

विन्दु चौधरी, ९ पुष, बाँसगढी (बर्दिया) । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले लगातार सातौँ पटक शिल्ड उचाल्न सफल भएको छ । बाँसगदी–२ राँझामा चारदिन सम्म चलेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड यस वर्ष पनि चुम्म सफल भएको हो । 

बाँसगढी नगर खेलकुद विकास समितीको आयोजनामा भएको प्रतियोगितामा १८ स्वर्ण, १४ रजत, ७ कास्य प्राप्त गरि नेरा मावि लक्ष्मणपुले प्रथम स्थान हासिल गरी लगातार सातौ पटक शिल्ड उचाल्दै ऐतिहासिक कीर्तिमान बनाएको छ । उक्त विद्यालयले शिल्ड जित्नुका साथै २० हजार नगद, पुरस्कार समेत हात पार्न सफल भएको आयोजकले जनाएको छ । यस्तै नेरा मावि बाँसगढ़ी दोस्रो भएको छ । नेरामावि बाँसगढीले १५ स्वर्ण, ११ रजत र ७ कास्य पदक सहित दोस्रो हुन सफल भएको हो । लक्ष्मी माध्यमिक विद्यालय चेपाङ ६ स्वर्ण, २ रजत र १० कास्य पदक ल्याइ तृतिय स्थान प्राप्त गरेको  नगर खेलकुल विकास समितीका संयोजक नैनबहादुर खत्रीले जानकारी दिनुभयो । 

प्रतियोगितमा पुरुष भलिबल तर्फ नेरामावि बाँसगढ़ी प्रथम, त्रिभुवन मावि ककौरा द्वितिय, रामजानकी मावि भैसासुर तृतिय भएको छ । त्यस्तै महिलातर्फ नेरामावि बाँसगढी प्रथम, जनता मावि बनमुड्वा द्वितिय, मातृभुमी सामुदायिक विद्यालय तृतिय भएको छ । कवड्डी पुरुषतर्फ पूर्णहिरा मावि लक्ष्मणा प्रथम, नेरामावि बाँसगढी द्वितिय, लक्ष्मी मावि चेपाङ तृतिय भएको छ । महिला तर्फ पुर्णहिरा मावि लक्ष्मना प्रथम, जनता मावि बनमुड़वा द्धितिय र नेरामावि लक्ष्मणपुर तृतिय भएको छ । त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । 

उत्कृष्ट छात्रा भलीबल तर्फ जनता मावि वनमुडवाका उषा के.सी. स्पाइकर घोषित हुनु भएको छ । नेरामावि बाँसगढीका खगसरा शर्मा रेजर र मातृभुमी सामुदायिक विद्यालका प्रकृति जिसीलाई डिफेन्स घोषित गरिएको छ । त्यस्तै उत्कृष्ट छात्र भलीबलतर्फ नेरामावि बाँसगढीका समिर थारु स्पाइकर, रामजानकी मोवि भैसासुरका समिर बिक रेजर र त्रिभुवन मावि ककौराका सुभान विक डिफेन्स घोषित हुनु भएको बताईएको छ । कवड्डी पुरुषतर्फ पुर्णहिरा मा.वि लक्षमणाका नविन खत्री उत्कृष्ट रेजर, नेरामावि बाँसगढीका निमेश थापामगरलाई डिफेन्डर घोषित गरिएको छ । 

महिला कवड्डीतर्फ पुर्णहिरा मावि लक्ष्मणाका निशा चौधरी रेजर र जनता मावि मनमुड्वाका भावना राणालाई डिफेन्डर घोषित गरिएको आयोजक सचिवालयका सदस्य कर्सिङ बुढाले जानकारी दिनुभएको छ । यसैगरी पुरुष एथलेटिक्स तर्फ नेरामावि लक्ष्मणपुरका राजन थारु र महिला तर्फ नेरामावि बाँसगढीका अरुणा थारु उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । प्रतियोगितामा बाँसगढी नगरभित्रका माध्यामिक विद्यालय २० वटा र आधाभूत विद्यालय तर्पmका ३४ गरि ५४ वटा विद्यालयका प्रतियोगि बिच खेलकुद प्रतिस्पर्धा भएको थियो । पुष ५ गतेदेखि भएको प्रतियोगिता पुष सोमवार सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्षमणपुरले एक कार्यक्रमको आयोजना गरी विजेता खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले सातौँ पटक राष्ट्रपति रनिङ शिल्ड जितेपछि विद्यालयमा आयोजना गरिएको कार्यक्रममा खेलाडीहरुको हौसला बढाउन विभिन्न ब्यक्तिहरुले प्रायोजन समेत गरेका थिए । प्रायोजनकर्तामा चमेनाफूड एण्ड प्यालेसका संचालक राम केसीले कववड्ी पुरुषतर्फको खेलकुद प्रतियोगितामा प्रायोजन गर्नुभएको थियो । 

विद्यालय ब्यवस्थापन समिती सदस्य एव राजवंशी बंगुर फर्मका संचालक बलरानी थारुले महिला तर्फको कवडडीमा, भलीवलको प्रायोजन गर्ने विहानी आर्ट ग्यालरीका संचालक एकनारायण अधिकारी, लङजम्पका खेलाडीलाई प्रायोजन गर्ने गोविन्द मासु तथा खरिद विक्रि सेन्टरका संचालक गोविन्द बास्तोला, एथलेटिक्सका खेलाडीलाई प्रायोजन गर्ने विद्यालय ब्यवस्थापन समिती सदस्य एंव समाजसेवि रामकृष्णी थारु तथा एथलेटिक्स विधाकै खेलाडीलाई प्रायोजन गर्ने विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष एवं  खड्का फेन्सी पसलका संचालक भुपाल खड्का र नेशनल हार्डवेयर एण्ड सप्लायर्सका संचालक शेरबहादुर सुनारले मार्सलआर्टका खेलाडीहरुलाई प्रायोजन गर्नुभएको थियो । 

त्यसैगरी प्रतियोगितामा १८ स्वर्ण, १४ रजत, ७ कास्य प्राप्त गरि प्रथम स्थान हासिल गर्ने नेरा मावि लक्षमणपुका सम्पुर्ण खेलाडीहरुलाई पुरस्कारको ब्यवस्था गर्ने समिर बुक्स एण्ड स्टेशनरीका संचालक शुस्मा सापकोटाले लक्ष्मणपुरका ७८ जना खेलाडी विद्यार्थीलाई कपि पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भुपाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ४ का वडाअध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रधानाध्यपक अर्जुन तिवारी, प्रायोजनकर्ता, संचारकर्मि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments