राजापुर मेयरकप तथा रनिङशिल्ड प्रतियोगिताको तयारी पूरा
केशव कोईराला, १ पुष, राजापुर (बर्दिया) । पौष २ गतेदेखि राजापुर नगरपालिकाको आयोजनामा राजापुर रंगशाला टेडियामा शुरुहुन गइरहेको छैटौं मेयर कप तथा १७ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
मंसिर ५ गते सम्म हुने नगरस्तरिय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सौहार्दपुर्ण रुपमा सञ्चालन गर्न २ गते देखि ५ गते सम्म स्थानिय सरकारले पालिका मातहतका सम्पूर्ण बिद्यालयहरुमा बिदा समेत दिने आयोजकले जनाएको छ ।
”स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल” लाई उत्सवका रुपमा लिन आब्हानगर्दै नगर प्रमुख दिपेश थारुले रेडियो राजापुरमार्फत जानकारी दिनुभयो । कार्यक्रमबारे थप जानकारी दिदै सामाजिक बिकास समिति संयोजक रमेश दहितले संस्थागत ६ र सामुदायिक १४ गरि जम्मा २० बिद्यालयका करिब ४०० भन्दा बढी बिद्यार्थीले खेलकुदमा भाग लिने बताउनु भयो ।
उहाँले उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिवल र मार्सलआर्ट गरि ४ ओटा विधाका खेलहरु छात्र छात्रा छुट्टा छुट्टै सञ्चालन हुने बताउनु भयो । स्थानिय सरकारको १३ लाखको लागतमा छैटौं मेयर कप तथा १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न लागिएको खेलकुद सचिवालय संयोजक सागर घिमिरेले जानकारी दिनुभयो ।
Facebook Comments