प्रधानमन्त्री कप महिला क्रिकेटका लागि खेलाडी छनौट गरिँदै
मुरली गोडिया, २९ मंसिर, बर्दिया । बर्दियाको गुलरियामा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता २०८१ को छनोट खेल शुरु भएको छ । जिल्लाका सिनियर महिला खेलाडीहरु बिच भइरहेको खेलबाट उत्कृष्ट छानिएका समुहले प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगीतामा सहभागी हुनेछन ।
गुलरिया नगरपालिका वडा नम्बर ४ मा रहेको कवर्डहल स्थित खेल मैदानमा छनौट खेल संचालन भइरहेको आयोजक जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य तथा बर्दिया महिला क्रिकेट कोच सिद्धार्थ श्रेष्ठले बताउनु भयो । दुई दिन सम्म चल्ने महिला क्रिकेट छनौट खेलमा २० जना महिला खेलाडीहरु सहभागी छन ।
१८ °C काठमाडौं
Facebook Comments