• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशन गर्न राजापुरका नगरप्रमुख थारुको आग्रह

केशव कोईराला, ११ कार्तिक, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले खेलाडी हरुलाई उत्कृष्ट प्रर्दशन गर्न आग्रह गर्नु भएको छ । आईतवार देखि राजापुर नगरपालिका वडा नम्वर ५ पक्कु माबी जयपुरको मैदानमा सुरु भएको नगर स्तरीय अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । 

राजापुरमा यस्तो खेलाडी जन्मिनु पर्यो जसले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नाम रोशन गरोस् । प्रमुख थारुले भन्नुभयो, अनि राजापुरबासी खुशीले गदगद हुनेछन् । कार्यक्रममा शुभकामना दिदै नगर उपप्रमुख मनकला कुमारी चौधरीले अनुशासित र उत्कृष्ट भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रममा शुभकामना दिदै प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहोरा, बिओपी प्रमुख डिएसपी अशोक बिष्ट वडा नम्बर १ का अध्यक्ष बाबुराम चौधरीले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । 

शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नगर स्तरिय खेलकुद बिकास समितिका सयोजक रमेश दहित रहनु भएको थियो । शुभ दिपावली र छठ पर्बको अबसरमा आयोजित प्रतियोगितामा फुटबल, भलिबल र कबड्डी प्रतियोगिता हुनेछ । पुरुष र महिला सम्मिलित खेलमा पुरुष भलिबल तर्फ ८ टिम, फुटबल १० टिम, कवड्डी ७ टिम महिलातर्फ भलिबल ६ टिम, फुटबल ५ टिम र कवड्डि ६ टिम रहेका छन् । कार्यक्रममा पद्माकुमारी माध्यमिक बिद्यालयका सास्कृतिक टोली र  राष्ट्रिय स्वयंसेवक दलका सदस्यहरुले आआफ्नो प्रस्तुति राखेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments