• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
बर्दियाका ६५ बर्षिय पुस्करको सफलतापूर्वक काठमांडौें रिङरोडमा म्याराथन दौड

बर्दिया, ९ वैशाख । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ निवासी ६५ बर्षिय पुस्कर विश्वकर्माले काठमांडौ स्थित रिङरोडमा सफलता पूर्वक म्याराथन दौड सम्पन्न गर्नु भएको छ । बुधवार लाईन्स ईन्टरनेशनल क्लवले कलंकीदेखि आयोजना गरेको अन्डर–७० म्याराथन रनिङ प्रतियोगितामा ३ घण्टा ३८ मिनेटमा विकले सफलतापूर्वक रिङरोड पारगर्नु भएको छ ।

पाको उमेर भएर पनि सफलता पूर्वक बल्खु, एकान्तकुना, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, चक्रपथ, बसपार्क, स्वयम्भूको दुरी पार गर्न सकेको धावक विकले बताउनु भएको छ । दौडका क्रममा कलंकी ट्राफिकको टोलीले सहयोग गरेको थियो । वि.कले सफलतापूर्वक दौड सम्पन्न गरेकोमा लायन्सले क्लव र बर्दियाको गौरव बढाएको भन्दै उहाँलाई धन्यवाद दिएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments