पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्षकपको उपाधी बाँसगढीलाई
दलबहादुर सुनार, ९ बैशाख, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा जारी पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बाँसगढी नगरपालिकाले हात पार्न सफल भएको छ । शनिवार भएको फाइनल खेलमा आयोजक बढैयाताल गाउँपालिका लार्ई ४–० गोल अन्तरले हराउदै बाँसगढी नगरपालिका प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो ।
प्रतियोगिताको पहिलो हाफमा २ गोल र दोश्रो हाफमा २ गोग गरी ४ गोल गरी खेलको अग्रता कायम राखेको बाँसगढी बिरुद्ध बढैयातालका खेलाडीले भने एक गोल पनि फिर्ता गर्न नसक्दा बाँसगढी प्रतियोगिताको विजेता बन्न सफल भएको छ । प्रतियोगिताको विजेता बनेको बाँसगढी नगरपालिकाले नगद १ लाख ५ हजार पाँच सय ५५ रुपैया प्राप्त गरेको छ । उप विजेता बनेको आयोजक बढैयातालले ५५ हजार पाँच सय ५५ रुपैयामा प्राप्त गरेको छ । यूवा नै हो देशको शान : सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ २०८० चैत्र २९ गते देखि मयुर यूवा क्लबको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताका बिजेता र उपविजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरीले शिल्ड, मेडल, चेक र प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।
प्रतियोगितामा बढैयातालका सन्तोष सोनी सर्वोत्कृष्ठ खेलाडी .घोषित भए । त्यस्तै गरेर उत्कृष्ट डिफेन्समा बढैयातालका मदन बोहोरा, उत्कृष्ट मिडफिल्डरमा बाँसगढी नगरपालिकाका करण शाही, उत्कृष्ट गोल रक्षकमा बाँसगढीका बिशाल थारु, उत्कृष्ट फरवाडमा बाँसगढीकै शंकर बि.क. र उदयमान खेलाडीको रुपमा बढैयातालका गुर्लभ श्रेष्ठ घोषित भएको आयोजक संस्थाका सदस्य शैलेन्द्र मल्लले जानकारी दिनुभयो । पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा भएको फाइनल खेलका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सदस्य चौधरीले खेलका मुख्य रेफ्री देवनारायण दाहाल लाई बल हस्तारण गरि प्रतियोगिता शुभारम्भ गर्नु भएको थियो ।
प्रतियोगिताको सहायक रेफ्रीमा कृष्णगोपाल चौधरी र राजु थारु रहेको बिबेश गुरुङले जानकारी दिनु भयो । कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र बढैयाताल गाउँपालिका ८ स्याउली बजारको आयोजना तथा बढैयाताल गाउँपालिकाको समन्वय र ८ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको फुटवल प्रतियोगितालाई सफल बनाउन मुख्य प्रायोजकको रुपमा शर्मा एण्ड कम्पनी रहेको थियो । दुई दर्जन भन्दा धेरै संघ संस्थाले प्रायोजन गरेको संस्थाका सचिब शिव कार्कीले जानकारी दिनुभयो ।
२२ °C काठमाडौं
Facebook Comments