• १८ वैशाख २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments