• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
आगलागी पीडितलाई लुम्बिनी सरकारको सहयोग

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका बडा नं ५ मा २०७९ चैत्र २६ आगलागीबाट घर क्षति भएका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । आगलागीमा ४ घरमा सम्पूर्ण घर नष्ट भएको हरेक परिवारलाई ३०/३० हजार रूपैयाँ दरले लुम्बिनी प्रदेशका सांसद एवम् नेपाली काग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले हस्तान्तरण गर्नु भएको हो ।

 
ग्यास सिलिन्डर विस्फोट भएपछि भएको आगलागीबाट थप ३ घरमा समेत आगलागी भई क्षती पुगेको थियो । गाउँमा आगलागीबाट भए पश्चात तत्काल जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट छिटै राहत रकम हस्तान्तरण गरिएको थियो । लुम्बिनी प्रदेश सरकारबाट पनि आगलागी पीडित लाई राहत स्वरूपको राहत रकम दशैँको मुखमा हस्तान्तरण गर्न पाउदा ४ वटै परिवारलाई थोरै भए पनि राहत हुने साँसद तिमल्सिनाले बताउनु भयो । 


आगलागी भएका परिवारलाई जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट तत्काल १५/१५ हजार हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारबाट दशैको समयमा प्राप्त राहतले आफूहरुलाई धेरै राहत पुगेको आगलागी पीडित लाछुमाया बमले बताउनु भयो । आगलागीबाट लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाही र विपना बमको घर पूर्ण रुपमा क्षती भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments