गुलरियामा बर्दिया कप टि–२० क्रिकेट प्रतिस्पर्धा शुरु
विष्णु प्रसाद अधिकारी, ८ मंसिर, बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा शनिवारदेखि बर्दिया कप टि–२० क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा तुलापुरमा अवस्थित कबर्ड हलको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।
पहिलो दिनको उद्घाटन खेलमा बर्दिया क्रिकेट एकेडेमी गुलरिया र जनजागृती युवा क्लब मधुवनका विच कडा प्रतिस्पर्धा भएको छ । जनजागृती युवा क्लबले टस जितेर ब्याटिङ्ग र बर्दिया क्रिकेट एकेडेमी गुलरियाले फिल्डिङ्क गरेको खेलमा खेलाडीहरुले उत्साहित र रोचक रुपले खेल प्रस्तुत गरे । उद्घाटन खेलमा जनजागृति युवा क्लव मधुवनलाई बर्दिया क्रिकेट एकेडेमी (ए) ले पराजित गरेको छ । टस जितेर ब्याटिग गरेको जनजागृतिले सवै विकेट गुमाउदै १ सय १२ रनमा समेटियो । बर्दिया क्रिकेट एकेडेमीले १७ ओभरमा ५ विकेट गुमाउँदै जीत हासिल गरेको छ ।
स्थानीय स्तरमा खेलप्रति रुचि भएका तथा अवसर नपाएका क्रिकेट खेलाडीहरुको मनोवल उच्च राख्न खेलले सहयोग पुग्ने अपेक्षा गरिएको छ । खेल लिग चरणमा खेलाइदै छ । जिल्ला भित्रका ५ वटा टिमले प्रतिस्पर्धामा भाग लिएको जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । क्रिकेट खेलको उद्घाटन शत्रका प्रमुख अतिथि गुलरिया नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विष्णु यादवले क्रिकेट खेलामा नेपाली खेलाडीहरुले फड्को मार्दै गईरहेको स्मरणगर्दै खेललाई विकासको मेरुदण्डको रुपमा लिनुपर्ने बताउनु भयो ।
पुलपुलेसा मात्र विकास नभएर खेलाडी उत्पादन गरेर जिल्ला तथा देशलाई चिनाउन गरिने योगदानलाई पनि विकासको फड्को रुपमा लिनु पर्ने उहाँको भनाई छ । खेलाडीले कस्तो खेल्यो भनेर भन्नु भन्दा हामीले खेलमा कस्तो र कति लगानी गर्यौ त्यो महत्वपुर्ण रहेको उहाँले प्रस्ट्याउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले खेलाडीहरु देशको गहना भएकाले अनुशासनलाई हृदयंगमगर्दै खेललाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
खेलाडीहरुको मनोबल उच्च राख्न नेपाल पत्रकार महासंघ लगायत जिल्लाका पत्रकारहरु खेलाडीहरुकै साथमा रहेकोले खेललाई संचार माध्यमबाट ब्यापक गर्न सधै तत्पर रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । खेलाडिको हौसालाका लागि नेपाल पत्रकार महासंघ सधै साथमा रहने अध्यक्ष यादवले दोहोर्याउनु भयो । खेलको शुभारम्भ नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले बलिङ्ग र गुलरिया नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विष्णु यादवले ब्याटिङ्ग गरी गर्नु भएको थियो । क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रमा नेपाल पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद धिताल, खेलप्रेमी लगायत खेलाडीहरुको सहभागीता थियो ।
२० °C काठमाडौं
Facebook Comments