• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
वनक्षेत्र आसपासका गाउँमा पशुचौपायाका लागी सुरक्षित खोर नहुँदा समस्या

मुरली गोडिया, २५ साउन, बर्दिया । वन क्षेत्रका गाँउमा सुरक्षित खोर नहुँदा स्थानिय उपभोक्तको समस्या विकराल बन्दै गएको छ । पशुचौपाया जोगाउन गाँउघरमा सुरक्षित खोर नहुँदा वन्यजन्तु घरमै आएर पशुचौपाया तथा मानविय क्षति पु¥याँदा समस्या जटिल बन्दै गएको हो । जिल्लाको मधुवन नगरपालिकामा पर्ने खाता संरक्षण वनक्षेत्र आसपासका उपभोक्ताहरु यो समस्या बाट वर्षौदेखी गुज्रिरहेका छन । 

विशेषः मधुवन नगरपालिकाको वडा १, २, ३, ४ र ५ का करिब ५ हजार घरघुरी वर्षौ देखी यो समस्या बाट पिडित बनेका छन । मधुवन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य रेशम बुढाका अनुसार सामुदायिक बन नजिकका बस्तीमा चितुवा, हात्ती, बाघ, गैंडा लगायतका बन्यजन्तुहरू गाउँ पसी विभिन्न घटना निम्त्याउने गरेको बताउनु भयो । स्थानियका घरमा सरकारले सुरक्षित खोर निर्माण गर्न सके यो समस्यामा कमि आउने बुढाले सुझाव दिनुभयो । खाता संरक्षण वन क्षेत्र आसपासमा साँझ परे पछि पशुचौपाया, बृद्धबृद्धा तथा बालबालिकालाई सुरक्षाको चिन्ताले सताउने गर्दछ । चितुवाको आक्रमणले मानिवय क्षती हुनुको साथै पशुचौपायाको ज्यान जाने संभावना रहेको बुढाले बताउनु भयो । 

समुदायमा स्थानिय सरकारले पश्ुचौपाया जोगाउन तत्काल सुरक्षित खोर निर्माण गर्नुपर्ने आवश्यकता रहेको मधुवन नगरपालिका ३ खाताका स्थानिय भदै थारुले औंल्याउनु भयो । “ घर–घरमा सुरक्षित खोर निर्माण, सोलार लाइटको व्यवस्था यति मात्र नभई बन्यजन्तुको आनीबानीका बारेमा स्थानियलाई समेत सचेत गर्न जरुरी छ ।” उहाँले भन्नुभयो, प्रत्येक वर्ष दर्जनौं पशुचौपाया, अन्नबाली, घरगोठ भत्काउने लगायतका समास्याहरु वन्यजन्तुले गर्ने गरेका छन । पशुचौपायाको क्षतिले समुदाय स्तरमा दैनिकी लगायत उनिहरुको जीविकोपार्जनमा समेत गम्भीर असर पारिरहेको छ ।

सुरक्षित खोरको अभावले वर्षौ देखी हुँदै आएको मानविय क्षति तथा पशुचौपायाको क्षति बारे खाता समन्वय समितिका अध्यक्ष हरी गुरुङ्ग चिन्तित हुनुहुन्छ । खाता संरक्षण वन क्षेत्र आसपासमा बासिन्दाका लागि सुरक्षित खोर र तारबारको व्यवस्था अत्यावश्यक रहेको गुरुङ्गले बताउनु भयो । बन्यजन्तुलाई संरक्षित मात्र होइन व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको उहाँले भन्नु भयो । राहतको व्यवस्थानले मात्र नपुग्ने क्षतिपुर्तिको समेत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनावरलाई “जंगलमै आहाराको व्यवस्था गरिनु पर्छ, जनावर गाउँ पस्न नपाउनु र पशुचौपायालाई आक्रमण गर्ने काममा कमि आओस” उहाँले भन्नुभयो ।

जनस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यालय तहमा पनि बन्यजन्तु र मानव सहअस्तित्वबारे सचेतना फैलाउनु पर्नेमा जोड दिनु भयो । स्थानियहरुको पहल र संरक्षणकर्मीको अगुवाईमा बन्यजन्तुको संख्यामा बृद्धि भएको छ, तर त्यसको व्यवस्थापन प्रति सम्बन्धित निकाय गम्भीर नहुनु नै समस्याको मूल कारण मानिएको स्थानियले बताउने गरेका छन । स्थानीय तह, संरक्षण समिति र सरोकारवाला निकायबीच समन्वय गरेर दीर्घकालीन समाधानका उपाय अपनाउनु जरुरी रहेको जानकारहरु बताउँछन ।

चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा सञ्चालित चुरेकुञ्ज डटकममा प्रकाशित समाचारहरु साभार नगरी केही अनलाईन पोर्टल तथा पत्रिकाहरुमा प्रकाशित भएको पाईएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कुनै पनि मिडियामा प्रकाशित समाचार सामाग्रीहरु अनुमति वा साभार नगरी प्रकाशन गर्नु डण्डनीय छ । यसमा प्रकाशित समाचार सर्वाधिकार चुरेकुञ्जको रहने भएकाले त्यसो नगर्न सम्पूर्णमा जानकारी गराउँदै साभार नगरी समाचार कपी गरेको पाईए कानूनी प्रकृयामा जाने ब्यहोरा अवगत गराउँदछौं । -सम्पादक

सम्बन्धित समाचार

Facebook Comments