• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
थारु कला–संस्कृतिको संरक्षण गर्न बाँसगढी नगरपालिकाको साझा प्रतिबद्धता

दलबहादु सुनार, २ माघ, बर्दिया । थारु समुदायको बाहुल्यता रहेको बर्दियाका गाउँ–बस्तीहरूमा माघी पर्वको अवसरमा माघ मिलन लगायत विविध सांस्कृतिक कार्यक्रमले उत्सवमय वातावरण सिर्जना भएको छ । थारु कला, भेषभूषा, भाषा र संस्कृतिले सजिएका गाउँ–टोलमा सखिया, मघौटा, डफ्फा जस्ता परम्परागत नाँच तथा सांस्कृतिक प्रस्तुतिले माघीको महत्व थपिएको छ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा छ । यस वर्ष थारु संवत् २६४९ को नयाँ वर्षको स्वागत गर्दै गाउँ–घरमा सांस्कृतिक कार्यक्रम, सामूहिक भोज, नाचगान र सामाजिक भेटघाटगर्दै माघी मनाईएको छ । थारु अगुवाहरूका अनुसार माघ १ गते केवल रमाइलोको दिन मात्र नभई वर्षभरिका योजना बनाउने, जिम्मेवारी बाँडफाँड गर्ने, सामाजिक सद्भाव र एकताको सन्देश दिने महत्वपूर्ण दिन हो । 

माघीको अवसरमा परिवार तथा समुदायबीच मेलमिलाप र सहकार्यलाई विशेष महत्व दिईएको छ । थारु समुदायको नयाँ वर्ष २०८२ माघी पर्वको पूर्वसन्ध्यामा बाँसगढी नगरपालिकाले थारु कला, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि १४ बुँदे साझा घोषणापत्र जारी गर्दै माघी मिलन कार्यक्रम भव्य रूपमा मनाईएको छ । “पुनर्जागरण अभियान बाँसगढी बरघर माघ मिलन कार्यक्रम २०८२” मा नगरप्रमुख खड्क बहादुर खड्काले घोषणापत्र सुनाउनुभयो । 

पौष २९ गते लक्ष्मणपुर, बाँसगढीमा आयोजित कार्यक्रममा लागू पदार्थ दुव्र्यसनी, बालविवाह, सामाजिक कुरीति अन्त्य, सांस्कृतिक संरक्षण र दिगो विकासका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरियो । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख, बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, बरघर सञ्जाल, पत्रकार तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको नगरप्रमुख खड्काले जानकारी दिनुभयो।

नगरप्रमुख खड्काले भन्नुभयो, “आज गरिएको साझा प्रतिबद्धता भोलिका दिनमा कसैले ‘थाहा पाएनौँ’ वा ‘जानकारी थिएन’ भन्न नपाउने गरी साक्षी राखेर गरिएको सामूहिक संकल्प हो ।” नगरप्रमुख खड्काले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

१. २०७८ मा पास गरिएको बरघर विधेयक राजपत्रमा प्रकाशित गरी नियमावली र कार्यविधि बनाएर लागू गर्ने ।
२. संविधानको धारा ७(२) बमोजिम थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने ।
३. २०७८ सालमा गरिएको थारु भाषा सम्बन्धी निर्णय कार्यान्वयनका लागि नियमावली तयार गर्ने ।
४. स्थानीय न्यायिक प्रक्रियामा बरघरहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्ने ।
५. अनौपचारिक मजदुरको पहिचान, उचित ज्याला र बीमाको व्यवस्था गर्ने ।
६. लैंगिक विभेद हटाई महिलाको आयआर्जनका अवसर बढाउने ।
७. महिलाको क्षमता विकास र रोजगारी सिर्जना गर्ने ।
८. वातावरणमैत्री कृषि प्रणाली प्रवद्र्धन गरी किसानलाई अनुदान र बजारीकरणमा सहयोग गर्ने ।

सांस्कृतिक पुनर्जागरण अभियान

“आपन जाँगर, आपन उत्पादन, हमार पहिचान : लागू पदार्थ दुव्र्यसनी, बालविवाह र विकृति हटाऔँ, समृद्धि ल्याऔँ” भन्ने मूल नाराका साथ पालिकास्तरीय बरघर सञ्जाल बाँसगढी र नगरपालिकाको संयुक्त आयोजनामा पौष २८–२९ गते सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा थारु परम्परा झल्काउने सखिया, मघौटा, डफ्फा नाच प्रतियोगिता, हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको थियो । नाच प्रतियोगितामार्फत लागूऔषध दुव्र्यसनीविरुद्ध, हिंसामुक्त समाज, सामाजिक विकृति अन्त्य र एकताको सन्देश दिइएको थियो ।

कार्यक्रममा सहभागी सबैले निम्न प्रतिबद्धता व्यक्त गरेका छन् :

बालविवाह, बहुविवाह, अनमेल विवाहजस्ता कुरीति अन्त्य गर्ने ।

लागू पदार्थ दुव्र्यसनीमुक्त पालिका बनाउने ।

संस्कृति, परम्परा र मूल्य–मान्यताको संरक्षण गर्ने ।

गाउँ सफा, सुरक्षित र वातावरणमैत्री बनाउने ।

सबै बालबालिकालाई अनिवार्य माध्यमिक शिक्षामा सहभागी गराउने ।

लैंगिक समानता, समान ज्याला र समान अधिकार सुनिश्चित गर्ने ।

सार्वजनिक सम्पत्ति (ताल, पोखरी, कुवा, मन्दिर आदि) संरक्षण गर्ने ।

शैक्षिक सुशासन निःशुल्क शैक्षिक गुणस्तर बृद्धिका लागि बिद्यालयमा नियमित सहभागिता जनाउने छौ । 

लैंगिक समानताको सिद्धान्तमा आधारित महिला पुरुष लाई समान अवसर, समान ज्याला, सम्पतिमा समान अधिकार र समान कामको बाँडफाड गर्ने बातावरण सृजना गर्ने छौ । 

आआफ्नो गाउँको निर्णय अनुसार गाउँको बिधानमा उल्ले गरिए बमोजिमको भोज विबाह, मर्निकर्नि, बेगारी भकारी पर पुजैया लगाएत रिति थिति लाई लागु गर्ने र खर्च कम गर्ने चलन बसाल्ने । 

कार्य गर्दा समाजिक मर्यादा सद्भावमा खलल नपुगोस भनि  ख्याल गर्ने गराउने छौ । 

गाउँको सहभागि मुलक विकास गर्न श्रम गर्ने हाम्रो परम्परागत अभ्यास लाई कायम राख्दै सामाजिक न्यायको सिद्धान्तको आधारमा श्रोत र जनशक्तिको अनुपातमा सहयोग गर्ने गराउने ।

गाउँका चौकिदार, चितवा, गुरुवा कैसवा, धकेवा लोहार लाई दिइने तिहाइ पनि सोही बमोजिम उठाइनेछ ।

जलवायु परिवर्तन तथा अतिक्रमण वाट लोप हुने अवस्थामा रहेका सार्वजनिक श्रोत सम्पतिहरु जस्तै ताल, पोखरी, कुवा मठ मन्दिर देउथान आदिको संरक्षण र उपयोग गर्ने छौ ।

सम्बन्धित समाचार

Facebook Comments