• १ मंसिर २०८२, आइतवार
  • १५ °C काठमाडौं
बढैयातालमा रेडक्रस सोसाइटी उपशाखाको साधारणसभा सम्पन्न

दलबहादुर सुनार, २९ पुष, बढैयाताल (बर्दिया) । नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल बर्दियाको पाँचौ साधारण सभा सम्पन्न भएको छ । उपशाखा सभापति मोहनलाल रेग्मीको अध्यक्षता तथा संघीय सांसद एवम् पुर्व खानेपानी मन्त्री अब्दुल खाँनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।  

आइतवार भएको उपशाखाको साधारण सभाका प्रमुख अथिति खाँनले शुभकामना मन्तब्य राख्दै एम्बुलेन्सको लागि पहल गर्ने बताउनु भएको छ । दिप प्रज्वलन गरी प्रमुख अतिथी खानले सभाको उद्घाटन गर्नुभएको हो । संस्थाका सचिब प्रताप चौधरीले आर्थिक बर्ष ०८०÷०८१ को प्रगति प्रतिबेदन र कोषाध्यक्ष दिपक दाहालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । २ सय ७ जना महिला र ६ सय ५० जना पुरुष गरि ८ सय ५७ सदस्य रहेका छन् । नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्ण गौतमले शुभकामना मन्तब्य दिनु भएको छ । 

अतिथीहरु गोबिन्द रेग्मी, जिल्ला समन्वय सममितिका सदस्य पुरैलाल थारु, शारदा बहुमुखी क्याम्पस मैनापोखरका अध्यक्ष प्रेमराज त्रिपाठी, बढैयातालका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, कालिका साना किसान सहकारी संस्थाका अध्यक्ष हरि बहादुर अधिकारी, उप शाखाका निवर्तमान सभापति बेनिमाधब अधिकारी, पुर्व अध्यक्ष उद्धब सापकोटा, समाजसेबी गोपीप्रसाद पराजुली, राजेन्द्र सिंह एल.सी, प्रहरी चौकी सितलावजारका ईन्चार्ज, संघ सस्थाका अध्यक्ष, स्थानिय उद्योगी, ब्यबसायी, रेडक्रस प्रेमी लगाएतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन प्रताप चौधरी र स्वागत उपाध्यक्ष लिलाधर त्रिपाठीले गर्नु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments