• २ पुष २०८२, बुधवार
  • १७ °C काठमाडौं
बारबर्दियामा स्वावलम्बी समुहका सदस्यलाई टनेलसँगै बिउ विजन 

मुरली गोडिया, २१ पुष, बर्दिया । बारबर्दियामा गठित स्वावलम्बि समुहका सदस्यहरुलाई टनेल समाग्री तथा तरकारीको विउ विजन वितरण गरिएको छ । बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित कृषि तथा पशुविकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत गठित समुहका सदस्यलाई उक्त समाग्री दिइएको हो । 

बारबर्दिया नगरपालिका २, ३, ४, ६, ७, ८, १० र ११ वडामा गठित मुल समुह र उपहार  समुहका ५० सदस्यहरुलाई टनेल समग्रीसेट, मलिचङ्ग प्लास्टिक, क्रेट र १ सय २५ सदस्यहरुलाई तरकारीको विउ विजन (खुर्सानी, टमाटर, काक्रा, करेला, लौका, बोडी र फर्सि) वितरण गरिएको जनाइएको छ । सदस्यहरुको थप आयआर्जन अभिबृद्धि गर्ने र जिविकोपार्जनमा सुधार हुने उद्देश्यले समाग्री तथा विउ विजन वितरण गरिएको छ । 

परियोजना जिल्लाको बारबर्दिया नगरपालिकाको ११ वटा वडा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गरि जम्मा ८८ वटा स्वावलम्बी समुह र प्रत्येक वडामा यूवा उद्यमशिलता समुह गठन गरि परियोजना संचालन भैरहेको संस्थाले जनाएको छ । सहकारी मार्फत स्वावलम्बि समुहका सदस्यहरुले उत्पादन सामुहिक बजारीकरण गरि जिविकोपार्जनमा सुधार गर्ने उद्देश्यले परियोजना संचालीत छ ।  परियोजनामा २ हजार २६९ घरपरिवार स्वावलम्बि समुह र २५५ घरपरिवार यूवाहरु आवद्ध रहेको थारु महिला उत्थान केन्द्रका परियोजना संयोजक किशोर कुमार थारुले जानकारी गराउनु भयो । 

बारबर्दिया नगरपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत गरि स्वावलम्बि समुह र यूवा समुहका सदस्यहरुको विभिन्न आयमुलक, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग र समाजिक पुँजी निर्माणको लागी परियोजना संचालन भएको थारुले बताउनु भयो । नगर प्रमुख छविलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकिय  अधिकृत दिपक कुमार आचार्य, विभिन्न वडाका वडा अध्यक्ष, नगर प्रबक्ता सिता राम योगी, पशुसेवा शाखा प्रमुख, दिपकराज थापा, कृषि विकास शाखाका प्रमुख झलक राज खडका लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments