परिवर्तनका संवाहकहरुलाई सम्मानसहित बिदाई
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका परिवर्तनका संवाहकहरुलाई सम्मान सहित बिदाइ गरिएको छ । पलिकामा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत १० बर्षदेखि २० वर्षसम्मका किशोर किशोरीहरुलाई अतिरिक्त कक्षा संचालन गरि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, निर्णय, र लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा अतिरिक्त कक्षा संचालन गरिएको थियो ।
१८ महिना सम्म संचालन गरिएको कक्षामा १ सय ६४ जना किंशोर किशोरीहरुको सहभागिता रहेको थियो । अतिरिक्त कक्षाहरु समाप्त भए पश्चात किशोर किशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो । परिवर्तनका संवाहकहरुले समुदायमा दौतरी शिक्षा मार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाई बालविवाह घोषणा अभियानमा सहयोग पुर्याउने आशा लिएको बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो । कार्यक्रममा परिवर्तनका संवाहक किशोर किशोरीहरुलाइ प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो ।
कार्यक्रममा किशोर किशोरीहरुले नाचगान तथा गितहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, विशिष्ट अतिथी उप–प्रमुख अनिता चौधरी, मधुवन नगरपालिका वडा नम्बर ३, ४ र ५ का वडा अध्यक्ष स्वास्थ्य शाखाका प्रमुख गिता घिमिरे, शिक्षा तथा खेलकुद शाखाका नारायण प्रसाद खनाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौराका प्राध्यापक चन्द्रबहादुर खत्री साथै स्थानिय बडघर र अभिभावकहरु सहभागी थिए । कार्यक्रम भेरी वातावरण्ीाय बिशिष्टता समुह (वि–ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो ।
कार्यक्रम परिवर्तनको सम्वाहक किशोरी अनुराधा चौधरीले गर्नुभएको थियो । परिवर्तनको सम्वाहक किशोर किशोरीहरुको तर्फबाट किशोरी श्रीतिका भट्टराईले बालविवाह हुनुमा अभिभावक मुख्य हात रहेको बताउँदै अभिभावकले आफ्नो बच्चाहरु विद्यालय गए आएको समेत ध्यान दिन जरुरी रहेको बताउनु भयो । प्रमुख अतिथि नगरप्रमुख भाटले आफुले सिकेका कुरा अरुलाई पनि सिकाउन जरुरी रहेको बताउँदै आफूले सिकेका कुरा आफैमा लागू नगरिए ब्यर्थ हुने प्रष्ट्याउनु भयो । किशोर किशोरी भविस्यको कर्णधार भएको उहाँको भनाई छ ।
Facebook Comments