• १ माघ २०८१, मङ्गलवार
  • १५ °C काठमाडौं
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे मधुवनमा छलफल

हरि गुरुङ, १६ मंसिर, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन बारे दोस्रो चरणको छलफल चलाईएको छ । प्लान इन्टरनेशनल नेपाल, कोइकाको साझेदारी र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दिया तथा मधुवन नगरपालिकाको समन्वयमा आइतबार कार्यक्रम गरिएको हो ।

नेपालमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य वर्तमान अवस्थामा १ लाखमा १ सय ५१ जना आमाहरूले ज्यान गुमाउने गरेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार १ बर्षमा ज्यान गुमाएका ६ सय ५३ जना गर्भवती महिला मध्ये ६ सय २२ जनाले गर्र्भ सम्बन्धि कारणले ज्यान गुमाएका थिए । सातै प्रदेशमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु दर २ सय ७ जना रहेको छ । लुम्बिनी प्रदेशको सबैभन्दा बढी मातृमृत्यु दर हुने जिल्ला कपिलवस्तु, बाँके र बर्दिया पर्दछ्न साथै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मानव अधिकारका बारेमा छलफल गरिएको थियो ।

यस आर्थिक बर्षका लागी गरिने केही कार्यक्रमका बारेमा छलफल गरिएको थियो । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक, प्रत्येक महिलालाई सुरक्षीत मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हकका बारेमा जानकारी दिनुभएको थियो । स्वास्थ्य सेवा सुरक्षीत, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य हुनुपर्ने र किशोरकिशोरी तथा अपाङ्गतामैत्री हुनुपर्ने लगायतका बारेमा जनस्वास्थ्य निरीक्षक पद्मा श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट उपस्थितिहरुमा उप–प्रमुख अनिता चौधरी, वडा नं–१ वडा अध्यक्ष मीन बहादुर थापा, वडा नं–२ का वडा अध्यक्ष आसाराम चौधरी, वडा नं–४ का वडा अध्यक्ष बलिराम चौधरी, शाखा प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयसेविकाहरु लगायत किशोर किशोरीहरु सहभागी थिए । 

मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाटले स्वास्थ्य, शिक्षा क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको बताउनु भएको छ । पालिकालाई सहयोग पुर्याउने गैरसरकारी संघ सस्थाहरुले साथ र सहयोग गरिरहेकाले राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियालाई धन्यवाद दिनुभएको छ । उहाँले संस्थाहरु विच सधै समन्वय सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको छ ।कार्यक्रममा स्वागत मन्तब्य मधुवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम संचालन स्वास्थ्य शाखा सिनियर अहेब मणिराम आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments