• १ माघ २०८१, मङ्गलवार
  • १४ °C काठमाडौं
‘अपाङगता पूर्व जन्मको पाप होईन’

गुलरिया । अपाङगता पूर्व जन्मको पाप नभएको अपाङग बाल अस्पताल बाल तथा प्रदेश पुर्नस्थापना केन्द्र कोहलपुर बाँकेका प्रशिक्षक वासुदेव जोशीले बताएका छन् । ३२ औं अन्र्तराष्ट्रिय अपाङगता दिवसका अवसरमा गुलरिया नगरपालिका महिला तथा बालवालिका शाखाले आयोजना गरेको अपाङगता सवाल सम्बन्धी सचेतनात्मक कार्यक्रममा सहजीकरणगर्दै उनले अपाङगता कुनै पाप नभएको प्रष्ट्याए ।

उनले भने संसारका सबै श्रृजना सुन्दर छन्, दोष श्रृष्टिमा होईन दृष्टिमा हुन्छ । श्रवण कुमारले दृष्टि विहिन माता पितालाई बोकेर हिडाएको स्कूल पढ्दाको कथा स्मरण गराउँदै परापूर्व कालदेखि नै अपाङगता विद्यमान रहँदै आएको सुनाए । अपाङगता कसलाई कतिखेर हुन्छ थाहा हुँदैन । आफैलाई पनि पर्न सक्छ त्यसैले अपाङगता भएकाहरुलाई घृणा, अपहेलना, ठट्टा लगायतका कृयाकलापहरु बिर्सेर पनि गर्न नहुनेमा सजग गराए । 

नेपालमा अपांगताको दर बढ्दै गएको प्रति सचेत गराउँदै उनले अपाङगता भएका ब्यक्तीका अधिकार सबैले सुनिश्चित गर्नुपर्नेमा जोड दिए । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले अपाङगता भएका बालवालिकाहरुलाई अभिभावकले विशेष ख्याल गर्नुपर्ने बताउँदै आगामी नगरपरिषदमा अपाङगता भएका ब्यक्तीहरुको बिकासका लागि आवाज उठाउने प्रतिवद्धता ब्यक्ती गरिन् । कार्यक्रममा गुलरिया नगरपालिका अन्र्तगतका विभिन्न ९ वटा माध्यमिक विद्यालयका १÷१ जना अपाङगता भएका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ ।

त्रिशक्ती माध्यमिक विद्यालय कमलपुर रमित खत्री, जानकी मावि सिरकोईया सौरभ सिंह बञ्जारा, बगलामुखी राधाकृष्ण थारु मावि आभा थारु, महाकवि देवकोटा मावि सुनैना गोडिया, कोटही मावि गायत्री मुराउ, नेरामावि प्रयागपुर राधिका मुराउ, नेरामावि भैसाही विसु कुमारी थारु, ध्रुव मावि तुल्सिपुर रेशम भण्डारी र गौरीशंकर माविका शिवम यादवलाई एक एक दर्जन कापी र डटपेन हस्तान्तरण गरिएको महिला शाखा प्रमुख शिला शाहले जानकारी दिईन् । गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्यालले अपांगता भएका ब्यक्तीका लागि नगरले दिने सेवा सुविधाका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments