• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
बर्दियामा मनाईयो हजरत पैगम्बरको जन्मदिन

बर्दिया । बर्दियाको गुलरियामा ईस्लाम धर्मावलम्बीहरुले हजरत पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जन्मदिन धुमधामले मनाएका छन् । पैगम्बरको १४९८ औं जन्मदिन विविध कार्यक्रम गरी मनाईएको हो ।


गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित मदरसा असरफिया मसउदुल उलूम आधारभुत विद्यालय तथा मुस्लिम नवजवान कमिटी गुलरिया बर्दियाको संयुक्त आयोजनामा जन्मदिन मनाईएको मदरसाका प्रधानाध्यापक मोहम्मद इस्हाकले जानकारी दिनुभयो । सोही अवसरमा बुधवार रात्री कालिन प्रवचन, बिहिबार विहान जुलुस र बेलुकी कौवालीसहितको कार्यक्रम आयोजना गरी धुमधामले पैगम्बरको जन्मदिन मनाईएको उहाँले जानकारी दिनु भयो ।


ईस्लाम धर्मका प्रर्बतक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा ईस्लाम धर्मावलम्बीहरुले घरघरमा मिठा मिठा परिकार बनाउने, परिवार तथा समुदायमा शुभकामना आदानप्रदान गर्ने लगायत फातिया गरिएका सामाग्रीहरु गरीबहरुलाई बाड्ने प्रचलन रहेको स्थानिय अफजल खाँनले जानकारी दिए । जन्मोत्सव धुमधामले मनाईएको उनको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments