• २३ मंसिर २०८०, शनिवार
  • ९ °C काठमाडौं
उपभोक्ता समितिका पदाधीकारीलाई अभिमुखीकरण

केशव कोईराला, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ८ का उपभोक्ता समिती पदाधिकारीहरुलाई योजना संचालन सम्वन्धी अभिमुखीकरण गरिएको छ । वित्त व्यवस्थापन गरी आम्दानीका श्रोतहरूको महत्व उपयोग गर्ने, वितरणमा प्रभावकारिता ल्याउने, प्रभावकारी खर्च गर्न सक्ने क्षमता बढोत्तरी गर्ने र वित्तीय जोखिमहरूको पूर्वानुमानगरी जोखिमहरूबाट निम्तिन सक्ने नकारात्मक प्रभावहरूको न्यूनीकरण गर्ने उदेश्यले अभिमुखीकरण गरिएको हो  । 


कार्यक्रममा योजना संचालनमा सहयोग, आवश्यक कागजात, करकट्टीबारे उपभोक्तालाई सहजिकरण गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही, योजना शाखा प्रमुख राजकुमार पौडेल, प्रशासन शाखा प्रमुख आनन्द जैशी, प्राबिधिक शैलेस चौधरी, सहायक लेखापाल हुकुम बोहोराले कार्यक्रमको सहजीकरण गर्नुभयो ।

वडा नं ८ का अध्यक्ष राजेश थारुको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत शाही बिशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा बिषयगत शाखाका पदाधिकारी र उपभोक्ता समितीका पदाधिकारी सहभागी थिए । यसै बिच ठेकेदार कम्पनीले काम गर्न ढिलाइ गरिरहेको अवस्थामा अन्य कम्पनीलाई चुनौति दिदै  गत आर्थिक बर्ष २०७९/०८० मा  निर्माण सम्बन्धि छिटो छरितो र गुणस्तरिय काम गरेकोभन्दै न्यूएसएस कन्ट्रक्सन राजापुरलाई वडा कार्यालयले सम्मानपत्र सहित सम्मान गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments