• २३ मंसिर २०८०, शनिवार
  • ११ °C काठमाडौं
प्रविण बेडवालको "खाली हात आयौ हामी” सार्वजनिक

काठमांडौ । गायक प्रविण बेडवालको नयाँ गीत ”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्कीको रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो । जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुःखको भावना साटासाट गर्ने माध्यम रहेको कुरा गीतमा समेटिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments