कर्णाली विकास बैंकद्वारा कृषकलाई बित्तिय साक्षरता
राजापुर, बर्दिया । राजापुर नगरपालिका वडा नम्बर ४ घुम्नाका कृषक समुहलाई कर्णाली विकास बैंक लिमिटेड राजापुर शाखाले बित्तिय साक्षरता दिएको छ । जुनकिरी कृषक समुहका कृषकहरुका लागि डिजिटल बैंकिङ्ग र बित्तिय साक्षरता प्रदान गरिएको हो ।
समूहका २१ जना कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको कर्णाली विकास बैंक राजापुर शाखाका प्रबन्धक कृष्ण चन्दले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी कृषक रोशन चौधरीले आफूहरूले वित्तीय साक्षरता कार्यक्रममा पैसा र बैंकको महत्व र सुरक्षा बारे जान्न पाउदा निकै खुशी भएको बताउनु भयो । उहाँले भन्नुभयो आफुले जानेको कुरा आफ्ना छिमेकी लगायत आफन्तहरूलाई सिकाउने बताउनु भयो । बैंकले आफना सम्पुर्ण शाखा मार्फत यो अभियानलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने लक्ष्य लिएको जनाएको छ ।
Facebook Comments