• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
जंगली हात्तीद्वारा धानबाली नोक्सान

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ स्थित धर्मबस्तीमा हात्तीले धानबाली कुल्चेर सोत्तर पारेको छ । मध्य रातमा आएका जंगली हात्तीको झुण्डले पसाउन लागेको धान खाँदै कुल्चिदै गरेपछि नोक्सानी भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको विओपी रहेको पूर्वतर्फ जंगली हात्तीले ५ देखि १० विगाहा क्षेत्रफलमा रहेको पसाउन लागेको धानबाली नोक्सानी गरिदिएको पिडित स्थानिय विवश सिग्देलले बताए । धानको सिजन भएकोले अचेल गाउँमा जंगली हात्तीहरु आउने क्रम बढेको छ । हात्तीले नोक्सान गर्दा किसानले गरेको बर्ष भरीको मेहनत खेर गएको र उत्पादन ह््रास हुनेमा स्थानिय कृषकहरु चिन्तित छन् ।

सरकारले हात्तीबाट नोक्सानी ब्यहोरेका किसानहरुलाई राहत, क्षतीपूर्ति केही पनि नदिएको उनको गुनासो छ । यतिखेर बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविकमार्ग क्षेत्रमा ठूलो संख्यामा जंगली हात्तीको झुण्ड डुलिरहेको छ । धान नभित्र्याउञ्जेल सम्म हात्तीले स्थानिय किसानको धेरै अन्नबाली नोक्सान गर्ने भएकाले समस्या समाधान गरिदिन सिग्देलले अनुरोध गरे ।

 

सम्बन्धित समाचार

Facebook Comments