• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
मधुवनका दुई विद्यालयलाई स्वच्छता नमुना बनाईने 

यज्ञप्रसाद सापकोटा, बर्दिया । मधुवन नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा शौचालय र खानेपानीलाई स्तरीय र व्यवस्थीत गराइने भएको छ । विद्यालयका शौचालय र खानेपानीलाई नमुनाको रुपमा सुधार गरीने भएको हो । 


वाटरएडको सहयोगमा बेस बर्दियाले स्तरीय र प्रयोगकर्ता मैत्री शौचालय, हातधुने स्थान र खानेपानीको व्यवस्थापन गर्न लागेको जनाएको छ । जिल्लामा सामुदायिक विद्यालयहरुका शौचालय, हातधुने स्थान र खानेपानीको अवस्था दयनिय देखिँदैछ । मधुवन नगरपालिकामा नमुनाको रुपमा राष्ट्रिय मापदण्ड अनुसार विकास गरीने भएको हो । बेस बर्दियाले मधुवन नगरपालिकामा पहिलो चरणमा त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवा र शुक्र माध्यमिक विद्यालय मधुवन ७ लाई नमुना विद्यालयको रुपमा छनौट गरेको छ । जसमध्ये यस बर्ष त्रिभुवन माध्यमिक विद्यालयमा भौतिक संरचना निर्माण र सुधार गरीने योजना रहेको बेस बर्दियाले जनाएको छ । 


त्रिभुवन माध्यमिक विद्यालयमा छात्रामैत्री र अपांगता मैत्री शौचालय निर्माण तथा मर्मत, सम्पुर्ण बालबालिकाहरुलाई पहुँच पुग्ने गरी हात धुने स्थानको निर्माण, प्याड जलाउने व्यवस्थीत इन्सिनेटर, कुहिने र नकुहिने फोहोर फाल्ने र जलाउने स्थान, खानेपानीका लागि फिल्टर सहितको धारा जडान गरीने बेस बर्दियाले जनाएको छ । भौतिक संरचना सुधार एवं निर्माणका लागि १७ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरीएको छ । गत चैत्रबाट सुरु भएको परियोजनाले हाल सम्म सर्वेक्षण मार्फत जोखिमयुक्त विद्यालयको पहिचान र भौतिक संरचान निर्माणका लागि योजना निर्माण, बिद्यालयमा समाबेशी बालक्लब गठन तथा पुर्नगठन, वास योजना निर्माण, विद्यालय स्तरीय वास समिति गठन लगाएतका कार्यहरु सम्पन्न भएको बेस बर्दियाकापरियोजना सल्लाहाकार समितिको बैठकमा बताइएको छ । 


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले नमुना विद्यालयको रुपमा विकसित भएपछि अरु विद्यालयलाई पनि मापदण्ड अनुसार सुधारगर्दै लैजाने बताउनु भयो । उहाँले विद्यालयलाई स्वच्छ र सरसफाइ युक्त बनाएमा उनीहरुले घरमा पनि सुधार गर्दै लैजाने बताउँदै सबै विद्यालयमा स्वच्छता कायम गर्ने गरी योजना बनाउने बताउनु भयो । खानेपानी सरसफाइ र स्वच्छता सुधार मार्फत बालबालिकाहरुको विद्यालयमा पहुँच बढाउँदै गुणस्तरीय सिकाइ उपलब्धी कायम गराउने उद्देश्यले वास जेन्स परियोजना शुरुगरीएको बेस बर्दियाका कार्यक्रम संयोजक जगदिश चौधरीले बताउनु भयो । 


परियोजनाले खानेपानी सरसफाइ र स्वच्छतामा कमी भएको कारणले विद्यार्थीहरुले विद्यालय छोड्नुपर्ने वा विद्यलयमा अनुपस्थीत हुनपर्ने बाध्यतालाई हटाउने लक्ष्य लिएको छ । उहाँले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ छात्रामैत्री शौचालय निर्माण गरी महिनावारी हुँदा छात्राहरुलाई विद्यालय मै स्वास्थ्य सहित सम्पुर्ण सुविधा उपलब्ध गराउनका लागि सहयोग गर्ने बताउनु भयो । सन् २०२६ सम्ममा बर्दिया जिल्लाका ४ वटा नगरपालिकाको १३ हजार किशोर किशोरीहरु र अपाङ्गता भएका बालबालिकहरुलाई सुविधा दिने लक्ष्य रहेको बेस बर्दियाले जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments