• २३ मंसिर २०८०, शनिवार
  • ११ °C काठमाडौं
बारबर्दियामा टी–२० क्रिकेट प्रतियोगिता


विष्णु अधिकारी, गुलरिया (बर्दिया) । बर्दियाको बारबर्दिया नगरपालिका अन्र्तगत नगर खेलकुद विकास समितिले क्रिकेट प्रतियोगिता गर्न लागेको छ । विजया दशमी तथा दिपावलीको अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा पालिका स्तरिय क्रिकेट प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।


बारबर्दिया नगर रंगशालाको खेल मैदानमा प्रथम पालिका स्तरिय टी–२० क्रिकेट प्रतियोगिता असोज २७ गते देखि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । टिम दर्ताका लागि पालिकाको सिफारिस तथा सोही पालिकाको खेलाडी हुनुपर्ने प्रावधान राखिएको छ । टिम दर्ताका लागि नगर खेलकुद विकास समितिले १२ हजार ५ रुपैया टिम दर्ताको लागि लाग्ने समितिले जनाएको छ । क्यानको नियम अनुसार खेलाइने र खेल लिग सिस्टमबाट टाइसिटको आधार खेलाइने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । टिम दर्ताका लागि बर्दियामा रहेका ८ वटै पालिकाबाट क्रिकेट खेलाडीहरु समावेश हुने र असोज २५ गते सम्म टीम दर्ताको समय सिमा तोकिएको नगर खेलकुद विकास समितिका सदस्य चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । 


क्रिकेट प्रतियोगितमा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद मेडल र ट्रफि प्रदान गरिने छ । द्धितिय पुरुस्कार ५१ हजार १ सय ११ रुपैया नगदका साथै मेडल र ट्रफि प्रदान गरिने बताईएको छ । बारबर्दिया नगरपालिकाको नगर उपप्रमुख रत्नाकुमारी पाण्डेले  राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदको मुल मर्मलाई आत्मसातगर्दै खेलका माध्यमबाट बर्दिया जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि बारबर्दिया नगरपालिकाले क्रिकेट आयोजना गरेको बताउनु भएको छ । आजको परिपेक्ष्यमा क्रिकेटका खेलाडिहरुले खेलका माध्यमबाट विश्वमा नेपाललाई चिनाउन गरेको अथक प्रयासले गर्दा खेल जगतको विकासका लागि आफुहरुले सक्दो बजेट विनियोजन गरि खेलकुदमा लगानी गरेको उपप्रमुख पाण्डेको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments