गुलरियामा अब्बलबन्दै सुनौलो महिला सहकारी
मुरली गोडिया, गुलरिया (बर्दिया) । महिलाको आर्थिक समृद्धिका लागी तत्पर सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षता तथा एकिकृत पशुपंछि विकास कार्यालय बर्दियाका प्रमख सागर ढकालको प्रमुख आथ्यितामा भएको उद्घाटन सत्रमा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।
सहकारीले गरेको आर्थिक प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष सुवेदीले प्रस्तुत गर्नु भएको छ । समानुपातिक सहभागीता तथा आर्थिक उपार्जनको क्षेत्रमा महिलालाई अग्रसर बनाउने प्रमुख भुमिका खेली रहेको सहकारीले बेसार खेती, प्याज खेती लगायत थुप्रै कार्यहरु गर्दै आइरहेको छ । जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष, केन्द्रिय सहकारी महासंघका सदस्य, गुलरिया नगरपालिका, पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, सहकारीका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको शत्रमा स्थानिय जनप्रतिनिधी तथा शेयर सदस्य, बचतकर्ता महिलाहरुको उल्लेख्य सहभागिता रहको छ । संस्थाले गुलरिया नगरपालिकाका लगभग सवै वडामा आफनो सदस्यहरु बृद्धि गरेको छ ।
सहकारीको १५ औं साधारण सभा कार्यक्रमको उद्घाटन सत्रमा सुनौलो सहकारी संस्थाले महिलाको जीवनचर्या आर्थिक रुपमा सबल बनाउँदै लगेको कार्यक्रमका प्रमुख आतिथी तथा एकिकृत पशुपछि विकास कार्यालयका प्रमुख सागर ढकालले बताउनु भयो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले सहकारीले महिलाहरुको आर्थिक उपार्जनका क्षेत्रमा अग्रणी भुमिका खेलेको उल्लेख गर्दै नगरपालिका संग निरन्तर समन्वय तथा सहकार्य गर्दै आइरहेको बताउनु भयो । उद्घाटन शत्रमा शुभकामना मन्तब्य दिंदै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले सहकारीमा आबद्ध सम्पुर्ण सदस्यहरुको सामुहिक प्रयासले नै सहकारीले सफलता हासिल गरी आफनै भवन निर्माण गर्न सफल भएको बताउनु भयो ।
विभिन्न सहकारीले समय समयमा जसरी आए तेसरी नै गएको बताउँदै सदस्यहरुले पनि सहकारीका संचालकले गरेको लगानीको स्थान र आर्थिक क्रियाकलाप बारे सचेत हुनेपर्नेमा सचेत पार्नु भयो । सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले गुलरियालाई कार्यक्षेत्र बनाई महिलाको आर्थिक उपार्जन तथा महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको छ । साधारण सभाको उद्घाटन शत्रको संचालन खुमा पोख्रेलले गर्नु भएको थियो ।
Facebook Comments