लागुऔषध तथा बेचविखन बिरुद्ध नाटक प्रर्दशन
विष्णु अधिकारी, गुलरिया (बर्दिया) । शान्ति पुनस्र्थापना गृहले बालबालिका तथा महिला बेचविखनका विषयमा पैरवीका क्रममा सरोकारवालाहरुलाई समाजमा रहेर काम गर्दा बालबालिका तथा महिलाहरु कसरी लागु औषध तथा बेचविखनमा पर्छन भन्ने विषयमा नाटक मार्फत सचेतना दिएको छ । भारतमा बालबालिका शिक्षा र स्वास्थ्यमा काम गर्दै आइरहेको नर्वेजियन एजेन्सी फर एक्सचेन्ज कोअपरेशन तथा मिलोन संस्थाका भोलेन्टियरहरुले संयुक्त रुपमा नाटक प्रस्तुत गरेका छन् ।
बाबुआमाको रेखदेख तथा छोराछोरीलाई बराबर मायाँ नगर्दाको परिणामले छोरा लागु औषधमा फसेको र छोरी भारतमा बेचिन पुगेको घटनालाई सबैले बुझ्ने गरी सरल नाटकिय शैलीमा प्रस्तुत गरिएको छ । बालवालिकाको र्दुब्यवसन तथा बेचविखन बिरुद्ध समाज तथा व्यक्ति चनाखो हुनुपर्ने कुरा नाटक मार्फत उजागर गरिएको हो । केन्द्रकी बर्दिया संयोजक सपना शर्माले नाटकका माध्यमद्वारा शान्ति पुनस्र्थापना केन्द्र बर्दियाले महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्दार गरी कसरी पारिवारिक पुर्नमिलन गराउन सकिन्छ भन्ने भुमिकालाई नाटकका माध्यमद्धारा समाजलाई बुझाउन सजिलो भएको बताउनु भयो ।
नेपालको सामाजिक परिवेशमा रहेर तयार गरिएको नाटकमा हाम्रो समाजमा बाबुआमाले छोरा र छोरीलाई विभेद गर्दा एउटा परिवार छिन्न भिन्न भएको घटनालाई उजागर गरिएको छ । नाटक विद्यालय तथा जोखिम क्षेत्रमा देखाइने संस्थाले उहाँको भनाई छ । बर्दियाको बढैयाताल गाउँपालिकाको कण्ठपुर सिमा, गुलरिया नगरपलिकाको वडा नं. ११ गणेशपुर र ८ नं. वडाको सुरजपुर तथा मधुवन नगरपालिको वडा नं.३ धनौरामा शान्ति तथा पुनस्र्थापना केन्द्रले सुचना तथा परामर्श केन्द्र मार्फत सेवा दिदै आइरहेको भएता पनि बर्दियाको अधिकाशं भाग खुला सिमा भएका कारण नियन्त्रण प्रभावकारी हुन नसकेको संयोजक शर्माले जानकारी गराउनु भएको छ ।
Facebook Comments