• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
आन्दोलनरत गुरुहरुलाई शिष्यको पत्र

श्री पुज्यनिय गुरुवर वर्ग 
साष्टाङ्ग दण्डवत ।

तपाईं हजारौं गुरुवरहरु आन्दोलनमा हुनुहुन्छ । मर्का परेको, दुखित हुनुहुन्छ, न्याय पाउँभन्दै केन्द्रीय सरकार सङ्ग हार गुहार गर्दै हुनुहुन्छ । तपाइहरुको जायज मागहरू प्रती पुर्ण समर्थन छ । मागहरु पूरा होस्भन्ने कामना पनि गर्दछु । आमा बावु पछि शिक्षा दिने गुरु नै ठुला हुन भनिन्छ । हो पनि । अनि गुरु तपाईंहरु महान पनि हुनुहुन्छ । हजारौं विद्यार्थीलाई आफ्नो जीवनमा शिक्षा र ज्ञान बाड्नुहुन्छ, देशका भविष्यका  कर्णधार हरु तयार गर्नुहुन्छ । 

आदरणीय गुरुवर ज्युहरु,

तपाइहरु देशको अभिभावक हो । तपाइहरु देशको गुरु हो । तपाइहरुले तयार गर्ने  विद्यार्थीहरु देशका  नागरिक हुन् । तपाइँहरु सङ्ग अभिभावक हरुको पनि ठुलै आशा र भरोसा छ । सम्मानित गुरुवरहरु आज तपाईहरु आफ्ना मागहरु लिएर आन्दोलनमा हुनुहुन्छ आन्दोलित हुनुहुन्छ । हाम्रो पनि ऐक्यवद्धता छ । तपाइहरुको आन्दोलन प्रती मेरो आग्रह छ । तपाईंका मागहरुसङ्गै अभिभावकहरुका २/४ वटा मागहरु पनि समावेश गरिदिनु होला भन्ने आशा गरेका छौं ।

१. नैतिक शिक्षाको पाठ्यक्रम लागू गरियोस् ।
२. व्यवहारिक शिक्षा सहितको पाठ्यक्रम ल्याइयोस् ।
३. शिक्षकको पदपूर्ति लोकसेवा आयोगबाट मात्र हुने व्यवस्था गरियोस् ।
४.सरकारी सेवा लिने हरेक अभिभावकका विद्यार्थीहरु सामुदायिक विद्यालयमा 
  अनिवार्य पढ्नु पर्ने कानुन ल्याइयोस् ।
५. दलिय राजनीति जागिर अवधिभर नगर्ने प्रण गरियोस् ।
६. मद्यपान, धुम्रपान, जुवातास र आचरण शुद्ध राख्ने प्रण गरियोस् ।
७. विद्यालय समय भित्र पुरै अवधी अध्ययन र अध्यापन मा रहने प्रण गरियोस् ।

उही हजुरको शिष्य
श्रीराम सिग्देल
नेपालगञ्ज, बाँके ।

(सिग्देल नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको पूर्व अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments