• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
संविधान दिवसका अवसरमा प्रभातफेरी

मुरली गोडिया, गुलरिया (बर्दिया) । नेपालको संविधान ०७२ को घोषणा भएको ८ वर्ष पुरा भई नवौं बर्ष भएको अवसरमा संविधान तथा राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाईएको छ । नेपाल सरकारले असोज ३ गतेलाई संविधान दिवस मनाउने गरी सार्वजनिक विदा दिएकोले देशैभर विभिन्न सिर्जनात्मक, रचनात्मक तथा सचेतनात्मक कार्यक्रमको आयोजना दिवस मनाईएको छ । 


    बर्दियाको ८ वटै पालिकामा दिवस विभिन्न कार्यक्रम गरी भब्यताका साथ मनाइएको छ । संविधान दिवस मुल समारोह समिती गुलरिया बर्दियाले बुधवार गुलरियामा प्रभात ¥याली निकाली बजार परिक्रमागर्दै जिल्ला समन्वय समिती बर्दियाको प्रांगणमा औपचारिक कार्यक्रम गरेको छ । विभिन्न राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, गुलरियाका ५ वटा विद्यालयका विद्यार्थी, सुरक्षाकर्मीको टोली तथा सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधी लगायत सहभागितामा बजार परिक्रमा गरिएको हो । 


बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधीले संविधानको चर्चा गर्दै यसको रक्षाका लागी सवै लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिसालले संविधानले नेपाली जनताका हक अधिकार तथा विकासलाई समेटेको भन्दै यसको संरक्षण तथा भएका कमिकमजोरीलाई सुधार गर्दै जानु पर्ने बताउनु भएको छ । 


कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, लुम्विनी प्रदेसका पूर्व मन्त्री तिलकराम शर्मा लगायतको आफ्ना भनाई राख्नु भएको छ । कार्यक्रममा नृत्य, कविता, संविधानको बक्तृत्वकला प्रस्तुत गरिएको छ । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले स्वागत मन्तब्य राखेको कार्यक्रम गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गर्नु भएको हो । 

 

सम्बन्धित समाचार

Facebook Comments