मधुवनलाई हराउँदै बारबर्दियाले चुम्यो फूटबलको उपाधी
बर्दिया । मधुवन नगरपालिका बडा नम्बर ८ स्थित मिलन युवा क्लबद्वारा सञ्चालित फुटबल प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा कुमरागाउँ क्लब विजयी भएको छ । मधुवन नपाको कुसुम्बादेवी युवा क्लबलाई १–० ले पराजित गर्दै बारबर्दिया नपा २ को कुमरागाउँ युवा क्लब विजयी भएको हो ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय बासवानीको खेल मैदानमा भएको फाइनल खेलमा विजयी क्लवका धिरेन शाहले पहिलो हाफको १८ औं मिनेटमा आर्कषक गोलको मद्दतले जीत हात पारेको हो । जिल्ला भित्रका २४ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा फाइनल स्पर्धामा गोल गरेका धिरेन शाह उत्कृष्ट खेलाडी घोषित भए । विजयी क्लबले कप सहित नगद २१ हजार १ सय पाँच रूपैयाँ प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको कुसुम्बा देवी युवा क्लबले नगद १४ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गरेको छ ।
उपाधी विजेता क्लबहरूलाई लुम्बिनी प्रदेस नेपाली काङ्ग्रेसा प्रमुख सचेतक एवम माननीय सांसद जन्मजय तिमल्सिनाले पुरस्कार वितरण गर्नु भएको छ । समापन कार्यक्रम बोल्दै नेता तिमल्सिनाले भने फुटबल खेल हेरेर एकदमै उत्साहित भएको बताउनु भएको छ । विगतका दिनमा पनि खेलकुद क्षेत्रमा सहयोग गरेकोले आगामी दिनहरुमा पनि खेलकुदका क्षेत्रमा आफ्नो तर्फबाट खेलाडीहरुले माग गरे बमोजिम खुलेर सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
भाद्र २० गते देखि भाद्र ३१ गते सञ्चालित भएको प्रतियोगिताको समापन कार्यक्रममा आयोजक मिलन युवा क्लब का प्रमुख झुपलाल डागि नेपाली काङ्ग्रेस मधुवन नगरपालिका सभापति डम्बर केसी नेकपा माओवादी (केन्द्र) मधुवन नपा का अध्यक्ष हरिहर चौधरी र मधुवन नगरपालिका नपा बडा ५ का बडा अध्यक्ष दिलीप गुरुङ लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
Facebook Comments